Wednesday 24th April 2024

कुवेतमा भारतको फलफुल र तरकारी अायतमा रोक


बसन्त थापा- भारतीय फलफूल र तरकारि आयातमा कुवैत लगायत अन्य मध्य पूर्व देशहरुद्वारा प्रतिबंधित लागाईएको छ।

कुवेत सरकारको स्वास्थ्य मन्त्रालय दवारा आधिकारिक सूचना प्राप्त संगै कुवेतको मन्त्रालयले वक्तव्य जारी गर्दै भारतको केरलाको दक्षिणी सहरमा महामारी रुपमा फैलिएको निपाह भाइरसका कारण भारतीय तरकारी फलफूल आयातमा अस्थायी रोक लगाएको गत बुधवारको खबर कुवेत पेजले जनाएको छ।

कुवेत मन्त्रालयले उक्त रोग फैलिन नदिन देशको विभिन्न सामुन्द्रीक बन्दरगाहामा कडाइका साथ निगरानी सुरु गरिसकेको बताएको छ।त्यस्तै अत्यावश्यक काममा बाहेक भारतको ती सहर भ्रमणमा नजान मन्त्रालयले स्थानीय तथा आप्रवासी नागरिकलाई सचेत गरेको छ।

निपाह रोग संक्रमण निकै खतरा भएकोले उत्क रोगलाई कुवेतमा भित्रीन नदिनको लागी कुवेत मन्त्रालयद्वारा भारतबाट आयात तरकारि तथा फलफ़ुलमा अस्थायी रोक लगाएको हो।


सम्बन्धित शीर्षकहरु

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

एजेन्सि-दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिसलाई विस्थापित गरिएको छ । सरकारले प्रभावित क्षेत्रमा मंगलबार र…

प्रतिकृयाहरू
...