Monday 7th September 2026

कुवेतमा भारतको फलफुल र तरकारी अायतमा रोक


बसन्त थापा- भारतीय फलफूल र तरकारि आयातमा कुवैत लगायत अन्य मध्य पूर्व देशहरुद्वारा प्रतिबंधित लागाईएको छ।

कुवेत सरकारको स्वास्थ्य मन्त्रालय दवारा आधिकारिक सूचना प्राप्त संगै कुवेतको मन्त्रालयले वक्तव्य जारी गर्दै भारतको केरलाको दक्षिणी सहरमा महामारी रुपमा फैलिएको निपाह भाइरसका कारण भारतीय तरकारी फलफूल आयातमा अस्थायी रोक लगाएको गत बुधवारको खबर कुवेत पेजले जनाएको छ।

कुवेत मन्त्रालयले उक्त रोग फैलिन नदिन देशको विभिन्न सामुन्द्रीक बन्दरगाहामा कडाइका साथ निगरानी सुरु गरिसकेको बताएको छ।त्यस्तै अत्यावश्यक काममा बाहेक भारतको ती सहर भ्रमणमा नजान मन्त्रालयले स्थानीय तथा आप्रवासी नागरिकलाई सचेत गरेको छ।

निपाह रोग संक्रमण निकै खतरा भएकोले उत्क रोगलाई कुवेतमा भित्रीन नदिनको लागी कुवेत मन्त्रालयद्वारा भारतबाट आयात तरकारि तथा फलफ़ुलमा अस्थायी रोक लगाएको हो।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...