Monday 5th October 2026

ट्रम्प-किम वार्ताको सुरक्षामा नेपाली खटिने


केही दिनपछि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन ऐतिहासिक वार्ताका लागि सिंगापुर आउँदै छन्। यी दुबै नेताको सुरक्षामा भने सिंगापुर प्रहरीमा रहेका गोर्खा(नेपाली) हरू खटिने भएका छन्।

दुबै नेताले आफ्नो व्यक्तिगत सुरक्षा टोली ल्याएर आउनेछन्। तर सिंगापुर प्रहरीका गोर्खाहरू वार्तास्थल, उनीहरू हिँड्ने सडक र बस्ने होटलको सुरक्षामा खटिने सिंगापुरले गर्ने अति विशिष्ट व्यक्तिको सुरक्षाबारे जानकार एक कुटनीतिज्ञले बताए।

केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रक्षा मन्त्री जिम म्याटिससहित केही क्षेत्रीय मन्त्रीहरू एक सुरक्षा गोष्ठीका लागि आउँदा पनि सांग्रिला होटलको सुरक्षामा अरूबेला खासै नदेखिने गोर्खा सैनिक खटिएका थिए।

‘सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट उनीहरू नै हुन्। म विश्वस्त छु, शिखर वार्तामा पनि उनीहरू खटिनेछन्,’ इन्टरनेसनल इन्स्टिच्युसन फर स्ट्राटेजिक स्टडिजमा सिंगापुरको सशस्त्र प्रहरीका विज्ञ टिम हक्स्लेले समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘उनीहरू अग्रपंक्तिमा रहने मजबुद् दस्ताका रूपमा रहँदै आएका छन्, र यस्ताखाले कार्यक्रमको जिम्मेवारी लिन आवश्यक विशेष अप्रेसनकै लागि उनीहरूलाई तालिम दिइएको हुन्छ।

सिंगापुर प्रहरीका प्रवक्ताले भने गोर्खाहरूलाई खटाउनेबारे कुनै प्रतिक्रिया दिन मानेनन्। सिंगापुर प्रहरीमा झन्डै १८ सय गोरखाहरू छन्।

ट्रम्प र किमबीच यसअघि जुन १२ मा शिखर वार्ता हुने भनिएको थियो। ट्रम्पले सो मिति रद्द गरेका थिए। फेरि त्यही मितिमा पनि वार्ता हुने सम्भावना रहेको दुबै देशका अधिकारीले जनाएका छन्। शिखर वार्ताको तयारीका लागि दुबै देशका अधिकारी सिंगापुर पुगेर तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

ब्राजिलको राष्ट्रपति चुनाव दोस्रो चरणमा पुगेको छ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि वर्तमान…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका समर्थकहरूले उनको रिहाइको माग गर्दै ठूलो प्रदर्शन यात्रा सुरु गरेका छन्। सरकारसँग भएको वार्ता असफल…

प्रतिकृयाहरू
...