Thursday 28th March 2024

कतारको रूस सँगको सम्बन्धबाट साउदी अरेविया रिसायो


तितोपाटी – रूसी एस-४०० हवाई रक्षा प्रणालीलाई भित्र्याएमा कतारविरुद्ध सैन्य कारबाही गरिने साउदी अरेबियाले चेतावनी दिएको फ्रान्सेली पत्रिका ल मोँद दैनिकले जनाएको छ ।साउदी अरेबियाले कतारले खरिद गर्न लागेको भनिएको एस-४०० बारे फ्रान्सेली राष्ट्रपति एमानुयल म्याक्रोँलाई जानकारी गराएको र यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । हतियार खरिदका लागि निकट समयमा हुन लागेको सम्झौता अवरुद्ध गर्न पनि साउदीले फ्रान्सलाई गुहारेको छ । क्षेत्रीय स्थायित्वका लागि कतारले हतियार किन्न नहुने भन्दै साउदीले फ्रान्सेली राष्ट्रपतिलाई सहयोग गर्न भनेको गोप्य सूचनालाई उद्धृत गर्दै उक्त दैनिकले लेखेको छ ।

यस समाचार रिपोर्टप्रति फ्रान्सको राष्ट्रपतिको कार्यालयका साथै विदेश मन्त्रालयबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । खाडी क्षेत्रका शक्तिराष्ट्रहरू बहराइन, संयुक्त अरब इमिरेट्सलगायतको सहयोगमा साउदी अरेबियाले इरानमाथि नाकाबन्दी लगाउँदै आएको छ । खाडीमा उदीयमान मुलुक कतारसँग साउदी र यसका पक्षधर मुलुकहरू उसलाई कमजोर पार्न चाहन्छन् । उनीहरूले इस्लामिक समूह तथा इरानसँग निकट भएको आरोपमा कतारसँगको सम्बन्धलाई गत वर्षको जुनदेखि विच्छेद गरेको घोषणा गरेका छ ।

इरानलाई रियादको क्षेत्रीय प्रतिस्पर्धीका रूपमा हेरिने गर्छ । आफूमाथि लागेको आरोपको कतारले खण्डन गर्दै आएको छ । उसले आफूमाथि लगाइएको आर्थिक नाकाबन्दी अन्यायपूर्ण भएको बताउँदै आएको छ । गत सातादेखि कतार साउदी र अरब इमिरेट्सका सामान बजारबाट हटाउन आदेश दिइसकेको छ । उसले त्यस्ता सामान नहटाउने पसलमाथि कडा कारबाही गर्ने पनि घोषणा गरेको छ ।

खाडी मुलुकहरूले एक्लाइरहेका बेला कतारले रूस लगायतका नयाँ सहयोगीको खोजी गरेको छ । कतारले यही वर्षको जनवरीमा मस्कोसँग अत्याधुनिक एस-४०० हतियार प्रणालीका विषयमा छलफल चलिरहेको बताएको थियो । त्यतिबेला छलफल निकै अघि बढिसकेको बताइएको थियो ।

फ्रान्सेली दैनिक ल मोँदले भनेको छ, ‘साउदी राजा सलमानले हतियार खरिदबारे गहिरो चासो व्यक्त गर्दै फ्रान्सेली राष्ट्रपतिलाई लेखेको पत्रमा यसले क्षेत्रीय द्वन्द्वलाई बढाउने खतरा रहेको चेतावनी दिइएको छ ।’ पत्रमा साउदी अरेबियाले उक्त हतियार प्रणालीलाई नष्ट गर्न जुनकुनै उपाय अवलम्बन गर्ने र कतारविरुद्ध सैन्य कारबाही गर्न तयार हुने बताएको पत्रिकामा उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...