Friday 9th October 2026

चुनाबमा खर्चेको रकम असुल्ने माध्यम नपाउँदा सांसदको अाक्रोस, अर्थमन्त्रीलार्इ प्रत्यक्ष चुनाब लड्न सुझाब


नेपाली कांग्रेसका नेता प्रदीप गिरिले अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रत्यक्ष चुनाव लड्न सु्झाव दिएका छन् ।

आइतबार बजेट छलफलमा भाग लिँदै उनले अर्थमन्त्रीले निमुखा सांसदहरुको पीडा नबुझेको भन्दै एक पटक प्रत्यक्ष चुनाव लड्न सल्लाह दिएका हुन् ।

नेता गिरिले अर्थमन्त्रीले धेरैजसो सांसदलाई बजेट नदिएर ठीक जवाफ दिए पनि निमु्खा सांसदको समस्या नबुझेको धारणा राखे ।

‘सांसद पनि कस्ता भोकानांगा भने भूकम्पको ५ सय रुपैयाँको उ पनि लिएर जाने, सांसद पनि कस्ता भोका नांगा भने कुनै सुविधा पनि नछोड्ने । एक दुई जना होलान् सुविधा नलिने, सारा सुविधा चाहिने । तीनलाई तपाईले ठीक जवाफ दिनुभयो, सांसदहरुले यही जवाफ खोजेका थिए’ गिरिले भने ‘एक पटक विनम्रतापूर्वक भन्न चाहन्छु् अर्थमन्त्रीजीले प्रत्यक्ष चुनाव चाहिँ लड्नैपर्छ । अनि सांसदको कुरा बुझ्नुहुन्छ ।’

नेता गिरिले सांसद जत्तिको अपमानित र निरीह नेपालमा अरु कोही नभएकाले उनीहरुले अर्थमन्त्रीलाई ट्रयापमा पार्न नसक्ने दावी गरे । ‘सांसदहरुको के ट्रयापमा पर्नुपर्छ ? सांसदहरुको जति अपमान यो मुलुकमा अरु कसैको छ ?’ उनले प्रश्न गरे ।

सांसद गिरिले अर्थमन्त्री सांसदको ट्रयापमा परेको नभई आफ्नो आर्थिक अनुशासन र ठूला नेताको पपुलिस्ट कार्यक्रमको ट्रयापमा परेको दावी गरे । ‘आफूले एमएमा पढेको शिक्षा, पीएचडी गरेको शिक्षा र वर्ल्डबैंकसँग गरेको संगत एकातिर छ । नेताहरुको दबाब अर्कोतिर छ’ गिरिले भने ‘त्यसैले उहाँ आफ्नो अन्तरआत्माको र महाबली नेताको ट्रयापमा परेको हो ।’

नेताहरुले विजुलीबाट रेल चलाउने, चन्द्रमा पुर्‍याउने सपना देखाए पनि हिसाब किताब गर्दा र आफ्नो विवेक प्रयोग गर्दा त्यो सम्भव नदेखिएपछि अर्थमन्त्री समस्यामा परेको नेता गिरिले बताए ।

अर्थमन्त्रीले बजेट ल्याउँदा केही ठूला नेताबाहेक कसैलाई नटेरेको गिरिले बताए । ‘जे उहाँको विवेकले देख्यो त्यही गर्नभएको हो । अब उहाँको विवेकको परीक्षा हुन्छ’ गिरीले भने ‘उहाँले बलिया बांगा नेतालाई बाहेक अरुलाई टेर्नुभएको छैन ।’


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...