Tuesday 21st May 2024

रक्षा नेपालकी संचालिका मिना थापाको कुकृत्य बाहिरियो


तितोपाटी – रक्षा नेपालको रोहबरमा रहेकी पूजा बोहोरा आफूलाई रक्षा नेपाल सञ्चालिका मेनुका थापाले याताना दिँदै राखेको बताएकी छिन् ।

२०६८ सालमा सामूहिक बलात्कार भएकी पूजा त्यस पछि रक्षा नेपालको रोहबरमा थिइन् । त्यसयताको अहिले सम्मको समय पूजाले रक्षा नेपालमानै बिताएकी थिइन् । तर, अहिले उनी त्यस संस्थाबाट पनि निकालिएकी छिन् ।

पीडित पूजाले रक्षा नेपालले पीडितको रक्षा गर्नुको सट्टा झनै पिडा दिएको बताइन् । पत्रकार सम्मेलन सुरु भएदेखि अन्त्यसम्म पूजाको आँखा रसाई रह्यो ।

पत्रकार सम्मेलनमा पूजाले रक्षा नेपालमा अन्य बालबालिकालाई पनि पीडामा राखेको बताएकी छिन् । यस्तै अर्की बलात्कत युवती मानुषी न्यौपाने पनि आफू ७ महिना रक्षा नेपालमा बस्दा १ पटक मात्रै आफन्तसँग कुरा गर्न दिएको र आफन्त भेट्न आउदा समेत भेट्न नदिएको दुखेसो पोखिन् ।

रुदै, कराउँदै सञ्चार माध्यमा आफ्नो कुरा यसरी सुनाइन्, अन्य कुरा पूजाकै शब्दमा

हुनतः मलाई मेरो मेनुका थापा (आमा) को बिरुद्धमा बोल्ने मन थिएन । तर म आफ्नो कुरा बाहिर ल्याउन बाध्य भए ।

२०७० सालमा एसएलसी दिएको त्यो बेलामा पहिलो श्रेणीमा पास भए पनि त्यो समयमा विशिष्ठ श्रेणीमा पास भएको भन्दा पूजा बोहोरालाई मैले यस्तो बनाए त्यस्तो बनाए भन्दै रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले रिजल्टमा आएको भन्दा धेरै कुरा बढाईचढाई गरेर मिडियामा समाचार छाप्न लगाइन् ।

जुन कुरा गलत थियो । रक्षा नेपालमा बसेपछि मैले जहिले राती १२ बजेसम्म भाडा माझ्नुपथ्र्याे ।

त्यसपछि मात्रै मैले पढ्ने मौका पाउने ।

मलाई रक्षा नेपाली अध्यक्षले मेनुका थापाले जहिले झुटा समाचार भन्न लगाउँथे ।

मैले दिने मिडियाको धेरै अन्तवार्तामा मेनुकाले भनेको जस्तै गर्नुपथ्र्याे भनेन भने घरमा गएपछि गाली गर्ने, पिटाई पनि खानुपथ्र्याे ।

कलेज र रक्षा नेपालको कार्यालय हिडेर जाने आउने गर्थे । अहिलेसम्म ल यति खाजा खा भनेर कहिले पनि पैसा दिएको छैन ।

राती १२ बजेसम्म भाडा माझेन भने ‘तेरो बाउ आमा छन् यहाँ खाना पकाएर दिनलाई । सिन्को नभाची खान आउँछ ?’ नत्र तेरो स्कुलको फि कहाँ बाट तिर्नु ? तेरो बाउ, राम सिंह बोहोराले आएर तिर्छ ?’ भनेर जहिले मलाई गाली गर्थे ।

जसका कारण म मानसिक रुपमा बिछिप्त हुन्थे ।

म मात्र होईन त्यहाँ रहेका भाई बहिनीहरुलाई यस्तै शारीरिक तथा मानसिक पीडा दिन्छन् ।

त्यति मात्रै होईन पूजा थापा र मेनुका थापा महिनावारी हुँदा लगाईएको भित्री कपडा पनि साना—साना भाई बहिनीहरुलाई धुन लगाइन्थ्यो ।

जुन देख्दा मलाई मानवको उद्धार गर्ने संस्थाको व्यक्तिसँग मानवता नभएको जस्तो लाग्थ्यो । कमसे कम महिनावारी हुदाँ प्रयोग गर्ने भित्री कपडा आफैले सफा त गर्नु पर्छ नी ।

त्यो सम्झदा मलाई सामाजिक काम गर्ने अनि भित्री रुपमा यस्तो देख्दा उनीहरुको वास्तविक कुरा बाहिर ल्याउन मन लाग्थ्यो ।

तारको लठ्ठीले पिट्थे

उनीहरुको विरुद्धमा कुरा गर्दा तारको लठ्ठीले पिट्थे ।

रक्षा नेपालको अफिस अहिले लैनचौरमा रहेको छ तर भाईबहिनीलाई सतुङ्गलको एउटा घरमा राखिएको छ ।

सबैजना भाईबहीनी त्यही छन् ।

बिदेशीहरु पनि छन् ।

मलाई मात्रै निकालिएको छ त्यहाँबाट ।

एसएलसी पछि केही काम सिक्छु भन्दा त्यहाँको भाडा मात्रै माझ्न लगाइयो ।

मेरो कुरा कुनै पनि सुनेनन् ।

कक्षा ११ आदर्श योगमा पढेँ त्यो भन्दा पहिला म तेक्वान्दो खेल्नको लागि कोरिया गएको थिए ।

त्यसमा पनि मैले गोल्ड मेडल लिएर आएको थिएँ ।

रक्षा नेपाल बाट म लगायत ९ जना गएका थियौँ ।

मैले गोल्ड मेडल लिएर आउँदा रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले तैले मैले गरेर ल्याएकीहोस् भनिन् ।

त्यो गोल्ड मेडल र मैले जितेका प्रमाणपत्र उनले आफ्नो दराजमा ताला लगाएर राखिन् ।

११ कक्षा लैनचौरको आदर्श कलेजमा व्यवस्थापन विषय पढेँ । पहिलो श्रेर्णीमा पास गरे ।

त्यति बेला पनि मेनुका थापाले बढाई चढाई समाचार लेखाउन लगाउनु भयो ।

मेरो कुरा एउटा र मेनुका थापाको कुरा अर्काे हुथ्यो ।

त्यो कारणले पनि मलाई साथीहरुले नराम्रो दृष्टिले हेर्थे ।

किन कि मेरो रिजल्ट मेरो साथीहरुलाई पनि थाहा हुन्थ्यो ।

कक्षा १२ जनकनाथ मेमोरियल कलेजमा पढेकी हुँ । यता पनि मासिक शुल्क तिरेको थिएन ।

जब १२ को परिक्षा आयो त्यो बेलामा पनि बढाईचढाई कुरा मिडियामा आएको थियो ।

६ हजार तिर्न नसकेर मैले कक्षा १२ को सर्टिफेकेट ल्याउन सकेको थिइँन ।

सर र म्यामसँग हात जोडेर मेरो घटनाको बारेमा भने पछि प्रमाणपत्र दिनुभएको थियो ।

मैले झुटो बोलेको भए कलेजमा गएर सोध्दा हुन्छ ।

जहिले पनि मलाई बिचरा बनाइन्थ्यो । मेरो लागि आएको पैसा पनि मलाई दिइँदैनथ्यो ।

मलाई थाहा भएको कुराहरु पनि नियन्त्रणमा लिएर दबाउने काम गर्नुहुन्थ्यो ।

जहिले बाहिर जाने कपडा किन्दा छुट्याउथे । पैसा छ भन्ने थाहा थियो । तर किनिदिन्न थिए ।

मसँगै भएको कुमारी दिदीलाई ल्याबटप, मोवाईल दिएको थियो तर मलाई थिएन ।

हुनत मैले यो विलाशीताका बस्तु भनेर मोज गर्न खोजेको होइनँ तर मलाई आवश्यकता भए पनि दिइँदैन थियो ।

मलाई चाहिएको कुराहरु पनि उपलब्ध हुँदैन थियो ।

मैले जति भन्दा पनि उल्टो कुरा गर्थे ।

भाडा माग्दा तेरो बाउले दिएको छ र मैले पैसा दिनु भन्थे ।

रक्षा नेपालमा मान्छेहरु आउँदा जहिले मलाई चियाँ बनाउन भाडा माझ्न मात्रै लगाउँथे ।

त्यहाँको भाई बहिनीसँग घुलमिल गर्ने बातावरणनै बन्द गर्दीन्थे । ‘रक्षा नेपालको यो कुरा बाहिर कसैलाई भनिस कि मार्दिन्छु भन्दै पिट्थ्ये’ ।

१२ को परिक्षा आएपछि ‘ल’ पढ्ने मेरो इच्छा थियो । ल पढ्ने कुरा भन्दा पनि ल आफै पढ्न भन्थे । अनि गाडी भाडा माग्दा रिसेप्सनमा बस्ने मुना दिदीले मेनुकासँग माग भन्ने अनि मेनुकाले मुनासँग माग भन्दै टार्थे ।

म हिँडेर कलेज जाथ्ये मैले यो कुराको बारेमा भन्ने आट कसैसँग पनि गरिनँ ।

जे भए पनि पिडाको बेलामा मेरो उद्धार गर्ने व्यक्तिको किन खेदो खन्नु पछि राम्रो हुन्छ होला भन्थे । तर, कहिले पनि राम्रो भएन् ।

‘ल’ पढ्ने समयमा मसँग कापि किन्ने पनि पैसा थिएन् ।

खाना खाने बेलामा पनि म रुदै आशुसँग खाना खान्थे ।

चक्रवर्ती ‘ल’ कलेजमा पढेँ । त्यहाँ स्वागत बाबाले पनि सहयोग गरे ।

अनि अहिले म दोस्रो वर्षमा अध्ययनरत छु ।

कलेजमा साथीहरुले तेरो त भर्ना पनि गरेको छैन् किन पढ्न आएको भन्ने प्रश्न गर्थे । सबै प्रश्नको उतर म संग थिएन् ।

फेरि म यस्तो केटी हो मिलाउनु हुन्छ होला भन्दै पिडाको कुरा बाध्य भएर दोहोर्याउनु पथ्र्याे ।

अस्ती परिक्षाको फारम भर्दा पनि मसँग पैसा थिएन् । कलेजमा पनि मेरो २ वटा नाम थियो । साथीहरुले तेरो दुईवटा नाम किन ? किन यसरी दुईवटा नाम राखेको भनेर प्रश्न गर्थे ।

तर कलेजको सर म्यामले मेरो पिडा बुझेर भर्ना नगरे पनि पढ्न दिनुभयो ।

यस्तै गएको मंसिर १७ गते मलाई मेनुका थापाले गल्स होस्टेल मध्यबानेश्वरमा राखिन् ।

अनि मेनुका थापाले होस्टेलमा बसेको कुरा अरु कसैलाई भनिस् भने राम्रो हुँदैन भनेर तेरो मेरो सम्बन्ध टुट्छ भनेको थियो ।

पछि थाहा भयो त्यहाँ होस्टेलको मान्छेसँग कुनै पनि सम्झौता गरिएको रैनछ ।

७ महिनासम्म पैसा तिरेको रैनछ ।

होस्टेलमा मलाई जहिले रुम सारेको सारेकै गर्थे ।

उज्यालो र अँध्यारो दुई प्रकारको कोठा रैछ ।

तर मलाई जहिले अध्यारो कोठामा राखिथ्यो ।

अध्यारो कोठामा बस्दा गाह्रो भयो भने पछि उज्यालो कोठामा एक दिन बस्न दिएको थियो । अनि होस्टेल सञ्चालकले मेरो महिनामा ९ हजार तिर्ने मान्छे आयो तिम्रो ७ महिना भयो पैसा पनि तिरेको छैन होस्टेल छाडेर जाउ भने ।

होस्टेल बस्दा म एक दिन बिरामी हुँदा अध्यक्ष मेनुका थापालाई कल गरेको थिए । उनले तैले नाटक गरेको हो । बिरामी भएको होइन भन्ने जवाफ आयो । त्यस पछि होस्टेलको मान्छेले जिम्मा लिएको मान्छेले यस्तो भनेपछि हामीले पनि जिम्मा लिन नसक्ने भन्दै आधा घण्टामा होस्टेल खाली गर्न लगाए ।

अनि फेरि रक्षा नेपालमानै आए । अब यता भाईबहिनीसँग पनि मिल्दैन्स होला अब जहाँ सुकै जा भनेपछि म छाँगाबाट खसेको जस्तै भएँ ।

रक्षा नेपालमा बस्ने सबैलाई ५ बजे पछि ताल्चा लगाउनु यो कहाँ जान्छे जाओस् भनेका रैछन् । म त्यो बेलामा भाउजूको ठूलो बाबा कहाँ गएर बसेँ ।

भोलिपल्ट आएर मलाई किन यस्तो गर्नुभएको आमा भन्दा ‘अहँ, अब म तेरो जिम्मेवारी लिन सक्दिन जहाँ सुकै जा भने ।’

फेरि म रक्षा नेपालको रिसेप्सनमा काम गर्ने दिदी मुनाको पछि लागे त्यो बेलामा मेनुका थापा लैनचौरको सिफट् क्याफेमा बसरहेकी रैछिन् ।

मलाई देख्ने बितिकै मोबाईलले हान्नुभयो मेरो नाँकबाट रगतको धारा बग्यो ।

त्यो बेलामा मुना दिदी साक्षी हुनुहुन्छ ।

त्यस पछि साबित्री पुडासैनी भन्ने हुनुहुन्थ्यो उहाँ मसाज सेन्टरमा काम गर्नुहुन्छ भन्ने सुनेको थिएँ । म उहाँको कोठामा गए । साबित्री दिदीले मलम र पेलकियर औषधि किनिदिनुभएको थियो ।

त्यो बेलासम्म मैले मेनुका थापाले नराम्रो कुरा कसैसँग पनि गरेको थिइनँ ।

भोलीपल्ट धेरै दुखेर ज्वाँरो आएपछि साबित्री दिदीलाई भने ।

त्यहाँ मलाई मात्रै होइन सबै भाई बहिनीलाई यसै गरी राख्ने हो । उनीहरुको अनुमति बिना कुनै पनि कुरा गर्न पाइँदैन ।

त्यहाँ मेनुका थापाको आफन्तहरुलाई पनि राखिएको छ । निसा, एलिशा, सुष्मा, राधिका, गोमा, ईश्वरी, मनिश, उज्वल, राधिकाका दुई बहिनीलगायत उनको धेरै आफन्तलाई रक्षा नेपालमै राखेर पढाउँदै आइरहेको छ । म एउटा रियल भिक्टिम हो म त्यहाँ को तर म यसरी लखेटिएकी छु ।

त्यसकारण मलाई चित्त दुखेको हो । रक्षा नेपाल होइन भक्षक हो । बाहिरबाट पत्रकार, समाजसेवी, कलाकार, स्वेदशी तथा आउँदा भने हामीलाई बलात्कृत भएको भन्दै देखाउँछन् । अझ पिडा बोध हुन्छ ।

मेरो फेसबुक पनि मेनुकाले चलाउँछिन्

मेरो नाममा खोलिएको फेसबुक पनि मेनुका थापालेनै चलाउँछिन् । उहाँको लागि राम्रो हुने स्टाटस पनि आफै लेख्ने । सुरुमा मेरो फेसबुक खोल्दा ‘जन्म दिने आमा भन्दा कर्म दिने आमा महान्’ भनेर स्टाटस लेखिएको थियो ।

अनि विदेशीहरुको कुनै पनि सहयोग लिएको छैन् भनेर मिडियामा भन्दै आइरहेको छ तर धेरै विदेशीले सहयोग गरेको मलाई थाहा छ ।

म तपाईंहरुलाई प्रमाण पनि देखाउथ्ये तर मेरो मोबाईल अहिले मेनुकालेनै खोसेर राखेको छ ।


सम्बन्धित शीर्षकहरु

सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ ।…

एजेन्सी- इजरायलले आफ्नो सेना रफाहमा आफ्नो कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ । इजरायलका रक्षामन्त्री योभ गालान्टले…

इरानी राष्ट्रपति इब्राहिम रायसीको ज्यान गएको बेल–२१२ हेलिकप्टर दुर्घटनाको खबर अहिले चर्चामा छ । रायसीसँगै इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहियान र…

प्रतिकृयाहरू
...