Wednesday 17th June 2026

कतारमा भिसा तस्करी गर्ने नेपाली युवा तवरेज अालमलार्इ एक वर्ष जेल र २० हजार रियल जरिवाना


तितोपाटी – कतारको अदालतले अवैध ढंगले भिसा तस्करी गर्ने नेपालीलाई एक वर्ष जेल र २० हजार रियाल (६ लाख रुपैयाँ) जरिवाना तोकेको छ । अदालतले भिसाको अवैध तस्करी गरेको अभियोगमा तवरेज आलामलाई सजाय तोकेको नेपाली दूतावासले जनाएको छ । अदालतले आलाम आउँदो फेब्रुअरी १४ सम्म जेल बस्नुपर्ने समय तोकेको छ ।

कतार सरकारले कामदारसँग भिसाको शुल्क लिने र कामदारलाई झुक्याएर ल्याउने कार्यलाई गैरकानुनी भन्दै कारबाही गर्ने गरेको छ । पछिल्लो समय दललालहरु कतारका रोजगारदाता कम्पनी र नेपालका म्यानपावरसँग मिलेर ‘आजाद भिसा’ को नाममा नेपाली कामदारमाथि चरम शोषण गरिरहेका छन् ।

पीडित कामदारहरु ती दलालविरुद्ध प्रहरीमा गएर उजुरी नदिने परीपाटीले उनीहरुलाई कानुनी कारबाहीको दायारमा ल्याउन सकेको छैन । कतारी निकायले भिसा कारोवारमाथि उजुरी गर्न अनुरोध समेत गरेको छ ।

कतारको खोज अनुसन्धान तथा अनुमगन विभागले यस्ता दलालविरुद्ध कारबाही गर्न आफुहरुले कडाई गर्दै आएको जनाएको छ । विभागका अनुसार हालै मात्रै भिसा कारोबार गर्ने ४० जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । उनीहरु माथि २०१५ को कानून नम्बर २१ बमोजिम आप्रवासीको गमन र निश्कासनको नियम उल्लंघन गरेको अभियोग लगाइएको छ ।

विभागका प्रमुख ब्रिगेडर अब्दुल्ला जबेर अल लब्दाका अनुसार अवैध भिसाको व्यापार गर्नेविरुद्धको अनुसन्धान सफल हुँदै गएको छ । ‘आप्रवासी कामदारमाथि हुने शोषण र समस्या समाधानको लागि भिसा कारोबार गर्ने विरुद्ध कारबाही अगाडि बढाइएको हो,’ लब्दाको भनाइ छ । उनले ‘विभागको हटलाइन नम्बर ५०७०१०८९ मा’ अरबी, अंग्रजी र हिन्दी भाषामा’ उजुरी गर्न आग्रह गरे ।
कम्पनीले अर्को कम्पनीमा काम गर्न दिने अधिकार (एनओसी)लाई दुरुपयोग गर्दे दलालहरुले ‘आजाद भिसा’ को नाम दिई नेपाली कामदारमाथि ठुलो शोषण भइरहेको गैरआवसीय नेपाली संघ कतारका उपाध्यक्ष सुदर्शन भट्टले बताए । ‘जताततै आजाद भिसा पीडितहरु भेटिन्छन्,’ उनले भने,‘आजाद भिसामा आउनेलाई सचेतना एकदमै जरुरी छ ।’

दोहामा यस्ता भिसामा गएका झन्डै २ सय नेपाली समस्यामा परेका छन् । आजाद भिसाका दलालविरुद्ध अभियान थालेको कतारमा कार्यरत बीबी खरालले दूतावासले दलालविरुद्ध स्थानीय कानुन अनुसार कारबाहीको लागि कतारी निकायमा उजुरी गर्नुपर्ने बताउँछन् । ‘यहाँ भिसा तस्करीविरुद्ध कारबाही गर्ने कानुन छ । तर त्यस्ता दलालविरुद्ध उजुरी भइरहेको छैन,’ उनले भने ।

कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले बलियो प्रमाण नहुदाँ आधारमा पीडक विरुद्ध उजुरी गर्न नसकिएको वताए । ‘हामीले नेपालका म्यानपावरविरुद्ध कारबाही गर्नको लागि वैदेशिक रोजगार विभागसमक्ष सिफारीस गरेर भने पठाइरहेका छौं,’ उनले भने ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...