Sunday 6th September 2026

राजदूतावासको पहलमा युएइबाट १० नेपालीको उद्दार, कम्पनीलार्इ कालो सूचीमा राखियो


तितोपाटी – रोजगारीका युएई आइ २ महिनादेखि अलपत्र परेका १० जना नेपाली कामदारलाई यहाँ स्थित नेपाली राजदूतावासको पहलमा उद्वार गरी बुधबार स्वदेश फिर्ता गरिएको छ।

काठमाडौंमा रहेको दिया रिक्रुमेन्ट सर्भिसेस प्रालिमार्फत युएईको सारजाह स्थित लिडरसिप सेक्युरिटी कम्पनीमा काम गर्न आएका १० जना नेपालीलाई कम्पनीले सम्झौता अनुसारको सेवा सुविधा नदिएपछि उनीहरु अलपत्र परेका थिए । अलपत्र नेपाली बारे जानकारी पाएपछि युएई स्थित नेपाली दूतावासले कामदार पठाउने म्यानपावर कम्पनीका युएई एजेन्टसँग सम्पर्क गरी पीडितका समस्या बुधबारभित्र समाधान नभए कानुनी कारबाहीको प्रक्रियामा जाने चेतावनी समेत दिएको थियो ।

म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति साढे ३ तीन लाख रुपैयाँ तिरेर डिपिएस सेक्युरिटी गार्डमा मासिक १७ सय ८२ दिर्हाम बेसिक तलबको सम्झौतामा आठ महिनाअघि युएई आएका उनीहरुलाई युएई स्थित कम्पनीले काम गरेको दुई महिनाको तलब नै नदिएपछि उनीहरु अलपत्र परेका हुन।

यसरी अलपत्र परी नेपाल फर्किनेहरुमा सोलुखुम्बुका शेरबहादुर कार्की, दैलेखका शिवराज सिंह, सिरहाका प्रवीणबहादुर कार्की, मकवानपुरका अतिराज उप्रेती, इलामका राजेन्द्र लिम्बू, नवलपरासीका सुरज राजभण्डारी, सर्लाहीका सञ्जित राम, सुनसरीका रोशन बुढाथोकी, मोतिराम तिमिल्सिना र बाराका नारायण पौडेल रहेका छन्।

एनआरएन युएईले आर्थिक सहयोग गर्यो

युएईमा १० नेपालि अलपत्र परेका खबर उज्यालो अन्लाईन बाट पाए पछी खानाको समेत समस्या रहेको उनिहरुलाइ चार घण्टामै युएईमा रहेका गायक प्रकाश पौडेलको सक्रियतामा सारजाहमा कार्यरत मन्दिप खरेल र सन्दिप सिग्देलले एक हप्ताका लागि पुग्ने खानाको व्यवस्था गरेका थिय भने ,गैर आवासीय नेपाली सघ (एनआरएनए) युएईले उनीहरुलाई आर्थिक सहयोग समेत गरेको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्।

अलपत्र परेकाहररूलाई तत्काल उद्वारको पहल सुरु गरेको दूतावासले युएईमा रहेका म्यानपावरका एजेण्टलाई कारवाही गर्ने चेतावनीपछि कम्पनीले बुधबार पीडित लाई घर पुग्ने भाडा सहित हवाई टिकट समेत उपलब्ध गराएको नेपाली दूतावास युएईका राजदूत सागर फुयाँलले जानकारी दिएका छन्।

कम्पनीले टिकट उपलब्ध गराएपछि बुधबार नै उनीहरू स्वदेश फिर्ता भएका छन्।

कम्पनीलाई कालो सुचिमा राखियो

सम्झौता अनुसार कामदारलाई सेवा सुबिधा नदिई अलपत्र पार्ने उक्त कम्पनीलाई कालोसूचीमा राख्न नेपाल स्थित वैदेशिक रोजगार विभागलाई पत्राचार गरिएको दूतावास स्रोतले जानकारी दिएको छ।

विभिन्न सन्चार माध्यममा दुई बर्ष पहिले नै दूतावासले उक्त सेक्युरिटी कम्पनीलाई कालो सुचीमा राखी सोही अनुसार वैदेशिक रोजगार विभागलाई समेत सिफारिस गरिएको भनिए पनि यस अघि उक्त कम्पनी कालोसूचीमा नरहेको राजदूत फुयाँलले एभरेस्ट दैनिक लाई जानकारी दिएका छन्।

कालोसूचीमा रहेका कम्पनीले नेपालबाट कामदार ल्याउन सक्दैनन्।

“यस अघि उक्त कम्पनीलाई कामदार नदिन कुनै सिफारिस भएको पाइएन” राजदूत फुयाँल भन्छन्, “अहिले अलपत्र परेका नेपालीलाई उद्वार गरी स्वदेश पठाइएका छौं।”

राजदूत फुयाँलले आफूहरूले नेपालमा समेत पत्राचार गरिसकेको र अब उक्त कम्पनीमार्फत नेपाली कामदार नआउने जानकारी दिए।

“यसरी कामदार अलपत्र पार्ने कम्पनीमाथि दूतावासले तुरुन्तै एक्सन लिन्छ,” राजदूत फुयाँलको भनाइ छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

इन्डोनेसियाको माउन्ट अनाक क्राकाटाउ (Anak Krakatau) ज्वालामुखी पुनः सक्रिय भएर ठूलो मात्रामा ज्वालामुखीय खरानी आकाशमा फैलाएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको…

प्रतिकृयाहरू
...