Sunday 12th May 2024

राजदूतावासको पहलमा युएइबाट १० नेपालीको उद्दार, कम्पनीलार्इ कालो सूचीमा राखियो


तितोपाटी – रोजगारीका युएई आइ २ महिनादेखि अलपत्र परेका १० जना नेपाली कामदारलाई यहाँ स्थित नेपाली राजदूतावासको पहलमा उद्वार गरी बुधबार स्वदेश फिर्ता गरिएको छ।

काठमाडौंमा रहेको दिया रिक्रुमेन्ट सर्भिसेस प्रालिमार्फत युएईको सारजाह स्थित लिडरसिप सेक्युरिटी कम्पनीमा काम गर्न आएका १० जना नेपालीलाई कम्पनीले सम्झौता अनुसारको सेवा सुविधा नदिएपछि उनीहरु अलपत्र परेका थिए । अलपत्र नेपाली बारे जानकारी पाएपछि युएई स्थित नेपाली दूतावासले कामदार पठाउने म्यानपावर कम्पनीका युएई एजेन्टसँग सम्पर्क गरी पीडितका समस्या बुधबारभित्र समाधान नभए कानुनी कारबाहीको प्रक्रियामा जाने चेतावनी समेत दिएको थियो ।

म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति साढे ३ तीन लाख रुपैयाँ तिरेर डिपिएस सेक्युरिटी गार्डमा मासिक १७ सय ८२ दिर्हाम बेसिक तलबको सम्झौतामा आठ महिनाअघि युएई आएका उनीहरुलाई युएई स्थित कम्पनीले काम गरेको दुई महिनाको तलब नै नदिएपछि उनीहरु अलपत्र परेका हुन।

यसरी अलपत्र परी नेपाल फर्किनेहरुमा सोलुखुम्बुका शेरबहादुर कार्की, दैलेखका शिवराज सिंह, सिरहाका प्रवीणबहादुर कार्की, मकवानपुरका अतिराज उप्रेती, इलामका राजेन्द्र लिम्बू, नवलपरासीका सुरज राजभण्डारी, सर्लाहीका सञ्जित राम, सुनसरीका रोशन बुढाथोकी, मोतिराम तिमिल्सिना र बाराका नारायण पौडेल रहेका छन्।

एनआरएन युएईले आर्थिक सहयोग गर्यो

युएईमा १० नेपालि अलपत्र परेका खबर उज्यालो अन्लाईन बाट पाए पछी खानाको समेत समस्या रहेको उनिहरुलाइ चार घण्टामै युएईमा रहेका गायक प्रकाश पौडेलको सक्रियतामा सारजाहमा कार्यरत मन्दिप खरेल र सन्दिप सिग्देलले एक हप्ताका लागि पुग्ने खानाको व्यवस्था गरेका थिय भने ,गैर आवासीय नेपाली सघ (एनआरएनए) युएईले उनीहरुलाई आर्थिक सहयोग समेत गरेको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्।

अलपत्र परेकाहररूलाई तत्काल उद्वारको पहल सुरु गरेको दूतावासले युएईमा रहेका म्यानपावरका एजेण्टलाई कारवाही गर्ने चेतावनीपछि कम्पनीले बुधबार पीडित लाई घर पुग्ने भाडा सहित हवाई टिकट समेत उपलब्ध गराएको नेपाली दूतावास युएईका राजदूत सागर फुयाँलले जानकारी दिएका छन्।

कम्पनीले टिकट उपलब्ध गराएपछि बुधबार नै उनीहरू स्वदेश फिर्ता भएका छन्।

कम्पनीलाई कालो सुचिमा राखियो

सम्झौता अनुसार कामदारलाई सेवा सुबिधा नदिई अलपत्र पार्ने उक्त कम्पनीलाई कालोसूचीमा राख्न नेपाल स्थित वैदेशिक रोजगार विभागलाई पत्राचार गरिएको दूतावास स्रोतले जानकारी दिएको छ।

विभिन्न सन्चार माध्यममा दुई बर्ष पहिले नै दूतावासले उक्त सेक्युरिटी कम्पनीलाई कालो सुचीमा राखी सोही अनुसार वैदेशिक रोजगार विभागलाई समेत सिफारिस गरिएको भनिए पनि यस अघि उक्त कम्पनी कालोसूचीमा नरहेको राजदूत फुयाँलले एभरेस्ट दैनिक लाई जानकारी दिएका छन्।

कालोसूचीमा रहेका कम्पनीले नेपालबाट कामदार ल्याउन सक्दैनन्।

“यस अघि उक्त कम्पनीलाई कामदार नदिन कुनै सिफारिस भएको पाइएन” राजदूत फुयाँल भन्छन्, “अहिले अलपत्र परेका नेपालीलाई उद्वार गरी स्वदेश पठाइएका छौं।”

राजदूत फुयाँलले आफूहरूले नेपालमा समेत पत्राचार गरिसकेको र अब उक्त कम्पनीमार्फत नेपाली कामदार नआउने जानकारी दिए।

“यसरी कामदार अलपत्र पार्ने कम्पनीमाथि दूतावासले तुरुन्तै एक्सन लिन्छ,” राजदूत फुयाँलको भनाइ छ।


सम्बन्धित शीर्षकहरु

सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ।…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

नारायण कोइराला - "हाम्रो ब्लडबैंक हामी बनाउँछौं, मनैदेखि सहयोग गरौ" भन्ने नाराकासाथ नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसंचार सेवा केन्द्र स्थापनार्थ…

प्रतिकृयाहरू
...