Friday 23rd October 2026

शेष घले दम्पती अष्ट्रेलियाको धनाढ्यको सूचीमा ८१ औं स्थानमा


तितोपाटी – गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष धनाढ्य सूचीमा १०१ औं स्थानमा रहेका घले दम्पती यस वर्ष २० औं स्थान माथि उक्लिदै ८१ औं स्थानमा पर्न सफल भएका हुन्।

अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने ‘फाइनान्सियल रिभ्यु म्यागेजिन’ले बिहीबार सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८१ औं स्थानमा पर्न सफल भएको हो। म्यागेजिनकाका अनुसार उनीहरूको सम्पति ८७ करोड ६० लाख डलर रहेको छ।

गत वर्ष घले दम्पतीको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो। उनीहरूको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ।

विश्वभरि छरिएका नेपालीहरुको छाता संस्था गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष समेत रहेका शेष घलेको मुख्य लगानी मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), रियल स्टेट एवं होटल क्षेत्रमा छ।

लम्जुङमा जन्मिएका शेष र जमुना उच्च शिक्षाका लागि सन् १९९१ अष्ट्रेलिया पुगेका थिए। ३८ वर्ष अघि विवाह बन्धनमा बाँधिएको यो जोडी अष्ट्रेलियामा धनाढ्यको सूचिमा परेसँगै सन् २००७ मा नेपालमा लगानी लिएर फर्किएको थियो। उनीहरुको लगानीमा काठमाडौंको ठमेलमा शेराटन होलट निर्माण अन्तिम चरणमा पुगेको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...