Friday 17th May 2024

सुवास नेम्वाङ बने नेकपाको संसदिय दलको उपनेता


तितोपाटी – नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन्।

संसदीय दलको बुधबारको बैठकले नेम्वाङलाई उपनेता, तत्कालिन माओवादी नेता देव गुरुङलाई प्रमुख सचेतक र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको नाम प्रस्ताव गरेका थिए।

नेम्वाङ यसअघि तत्कालिन एमालेको संसंदीय दलको उपनेता र शान्ता सचेतक थिइन्। त्यसैगरी गुरुङ तत्कालिन माओवादी केन्द्रको प्रमुख सचेतक थिए।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...