Saturday 3rd October 2026

जापानले ५ लाख विदेशी कामदार भित्र्याउने, जापानी भाषा जानेका नेपालीले अवसर पाउन सक्ने


तितोपाटी – जापानले कृषि र उद्योगका लागि ५ लाखभन्दा बढी विदेश कामदार भित्र्याउने निर्णय गरेको छ।

सिन्जो आबे सरकारले मंगलबार यी दुबै क्षेत्रमा रहेको कामदार अभावलाई पूर्ति गर्न सन् २०२५ सम्म विदेशी कामदार ल्याउने निर्णय गरेको हो।

अर्को महिनाको मध्यतिर आउने आबे सरकारको आर्थिक नीतिमा कामदार भित्रयाउने निर्णय आवश्यक परिमार्जनसहित समावेश हुने समाचार संस्था क्योदोले जनाएको छ।

जापान जानुअघि विदेशी कामदारले जापानी भाषा परीक्षा पास गर्नुपर्नेछ। कृषि, निर्माण, पानीजहाजलगायतमा काम पाउने उनीहरु ५ वर्ष जापान बस्न पाउनेछन्।

तालिम गर्न गएका कामदार परीक्षा पास गरेपछि १० वर्षसम्म पनि बस्न सक्नेछन्।

विदेशी कामदारले परिवारका सदस्यलाई भने जापान लैजान पाउने छैनन्।

एक तथ्यांकअनुसार अहिले जापानमा झन्डै १२ लाख ८० हजार विदेशी कामदार छन्।

तीमध्ये चीनका २९, भियतनामका १९, फिलिपिन्सका १२, ब्राजिलका ९ र नेपालका ५ प्रतिशत छन्।

सरकारले नै कार्यक्रम सञ्चालन गरेर विदेशी कामदार भित्र्याउन लागेको भने यो पहिलो पटक हो।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...