Wednesday 8th May 2024

कुवेतमा फेरी एक नेपालीको मृत्‍यु


 हरी कृष्ण न्यौपाने,तीतोपाटी डटकम-कुवेतको फर्वानिया ब्लक ६ मा अबैधानिक रुपमा बसेर काम गर्दै आएका नुवाकोटका सुसिल आचार्यको हिजो मेई-२९-२०१८का दिन मृत्‍यु भएको छ।

लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले तीतोपाटी डटकमलाई दिएको प्रारम्भिक जानकारी अनुसार आफ्नो कम्पनीबाट भागेर अन्त कतै काम गर्दै आएका नुवाकोटका सुशिल आचार्यको आफु बसेको कोठामै मृत्‍यु भए पछी उनका साथीहरुले दुताबास र प्रहरीलाई खबर गरेका थिए।

प्राप्त जानकारी अनुसार २-३ दिन देखी मृतक आचार्य काममा समेत गएका थिएनन्।

यसै बिच नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले सुसिल आचार्यको मृत्‍यु भएको प्रहरीले पुष्टी गरे पनि उनको मृत्‍युको बारेमा थप अनुसन्धान भईरहेको बताएका छन। मृतको शबलाई फर्वानिया अस्पातलमा राखिएको र अन्य जानकारी लिने तथा कानुनी प्रकृया शुरु गरी सकिएको प्रथम सचिबले तीतोपाटीलाई बताए।


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...