Tuesday 13th October 2026

जापानमा ३ नेपालीलार्इ ग्लोबल अार्ट मुभमेन्ट अवार्ड


तितोपाटी – जापानमा आयोजित ग्लोबल आर्ट मुभमेन्ट (गाम) इन्टरनेसनल आर्ट कम्पिटिसन एन्ड एग्जिबिसनमा तीन नेपाली चित्रकार पुरस्कृत भएका छन् ।

मे १४ देखि २० तारिक सम्म त्यहाँ भएको प्रतियोगितामा चित्रकारहरू कृष्णगोपाल श्रेष्ठ, सरिता डंगोल र सञ्जित महर्जनले गाम अवार्ड पाएका हुन् ।

चाकुपाटस्थित क्लासिक ग्यालरीमा हालै आयोजित कार्यक्रममा जानकारी दिइएअनुसार, उक्त प्रतियोगितामा जापान, नेदरल्यान्ड, भारत, डेनमार्क, टर्की, अमेरिका, फिलिपिन्ससहित पन्ध्र मुलुकका कलाकारहरूको सहभागिता थियो । जम्मा बाह्र सर्जकलाई गाम अवार्ड दिइएको थियो ।

नेपालका तर्फबाट सन्ध्या सिलवाल, सत्यशिला कशाजु, आस्था तुलाधर र नरबहादुर बीके पनि सहभागी थिए।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...