Saturday 11th May 2024

जापानमा ३ नेपालीलार्इ ग्लोबल अार्ट मुभमेन्ट अवार्ड


तितोपाटी – जापानमा आयोजित ग्लोबल आर्ट मुभमेन्ट (गाम) इन्टरनेसनल आर्ट कम्पिटिसन एन्ड एग्जिबिसनमा तीन नेपाली चित्रकार पुरस्कृत भएका छन् ।

मे १४ देखि २० तारिक सम्म त्यहाँ भएको प्रतियोगितामा चित्रकारहरू कृष्णगोपाल श्रेष्ठ, सरिता डंगोल र सञ्जित महर्जनले गाम अवार्ड पाएका हुन् ।

चाकुपाटस्थित क्लासिक ग्यालरीमा हालै आयोजित कार्यक्रममा जानकारी दिइएअनुसार, उक्त प्रतियोगितामा जापान, नेदरल्यान्ड, भारत, डेनमार्क, टर्की, अमेरिका, फिलिपिन्ससहित पन्ध्र मुलुकका कलाकारहरूको सहभागिता थियो । जम्मा बाह्र सर्जकलाई गाम अवार्ड दिइएको थियो ।

नेपालका तर्फबाट सन्ध्या सिलवाल, सत्यशिला कशाजु, आस्था तुलाधर र नरबहादुर बीके पनि सहभागी थिए।


सम्बन्धित शीर्षकहरु

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

नारायण कोइराला - "हाम्रो ब्लडबैंक हामी बनाउँछौं, मनैदेखि सहयोग गरौ" भन्ने नाराकासाथ नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसंचार सेवा केन्द्र स्थापनार्थ…

बेलायती औषधि कम्पनी अस्ट्राजेनेकाले विश्वव्यापी रुपमा आफ्नो कोभिड–१९ विरुद्धको खोपको खरिद बिक्री रोक्ने निर्णय गरेको छ । कोरोनाभाइरसको नयाँ–नयाँ 'भेरिअन्ट'…

प्रतिकृयाहरू
...