अनुशासन उल्लंघन गरेको कसुरमा अफ्रिकाको कंगोमा खटिएको नेपाली सेनाका अधिकृत र जवानमाथि छानविन सुरू गरिएको छ। शान्ति स्थापनार्थ खटिएको गणमा सैनिक आचरण र मर्यादाविपरीत कार्य भएको घटनामा सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ सुरू गरेको हो।घटना छानविनको लागि ज्येष्ठ सेनानीको (मेजर) नेतृत्वमा छानविन थालिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।शान्ति स्थापना कार्यमा…
नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने देखिएको छ । सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै विरोधी खेमाले आइतबार पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउने भएको छ ।नेता रामचन्द्र…
तितोपाटी-नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका छन । यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । मृत्यु हुनेमा…
सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्सको कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुलप्रित सिंहसँग सोधपुछका लागि समन जारी गरेको छ । उनीहरुसँग २५ र २६ सेप्टेम्बरमा सोधपुछ गरिनेछ । दीपिका पादुकोण बिहिबार राती गोवाबाट मुम्बई पुगिन् । श्रीमान् रणबीर सिंह…
अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानुन ल्याउने प्रस्ताव तयार पारेको छ। त्यहाँको होमल्यान्ड सेक्युरिटी विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गर्न प्रस्ताव राखेको जानकारी दिएको हो।विभागले एफ, जे र आइ प्रकारको गैरआवसीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव ल्याएको…
रविन्द्र शाही -हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'सेल्फ ग्राउन्ड ह्यान्डलिङ' अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज ४ गते हिमालयलाई आफ्ना जहाज आफैं भूमिस्थ प्रबन्ध गर्ने अनुमति दिएको हो।प्राधिकरणले भूमिस्थ सेवा सञ्चालन निर्देशिका-२०७२ अनुसार विमानस्थलमा अन्तर्राष्ट्रिय वायुयानको 'सेल्फ ग्राउन्ड ह्यान्डलिङ' प्रमाणपत्र दिइएको उल्लेख छ। हिमालयले अनुमति पाएपछि जहाजको व्यवस्थापन…
सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी मस्यौदालाई पारित गर्दै स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको छ। कानुन मन्त्रालयले सम्बन्धित सरोकारवालाहरूसँगको परामर्शका आधारमा कानुनको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्को बैठकमा लगेको थियो। गत…
गाँउ छोडेर सहर पसेको,पनि पाँच वर्ष पुग्यो मन दाईको। आफू विदेशमा दुःख कष्ट गरेर पनि आफ्नो परिवारलाई राम्रो सुख दिनुभएको थियो । कममा मिहिनेत अनि मिलनसार पनि हुनुहुन्थ्यो मन दाई । कसैलाई रुखो शब्द बोल्ने बानी थिएन वहाँको । दाईको नामले चिनिने गर्नु हुन्थ्यो । सधैँ साँझ बालबच्चा सँग रमाइलो…
म मौन नियालिरहेछु तिमीलाई तिमी एक तमासले झरिरहेछौ जुन चिजमा तप्प तप्प भएर ठोकिन्छौ फरक फरक ध्वनीराग फहराउँछौ झरि नामले नामाकृत छौ तिमी दिनरात केही नभनि निरन्तर झरिरहेछौ कहिले शान्तपूर्वक त कहिले गड्गडाहट रूप फेर्दै निथ्रुक्कै भिजाएर धर्तीलाई रुझाईरहेछौ । कतै भेल, कतै बाढी, कतै पहिरोले साथ भर्दा प्राकृतिक प्रकोप…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । जसमध्ये ५ जना महिला र १२ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको छ । यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी…
![]()