Monday 20th July 2026

रणवीरको निवेदनः ‘दीपिका कहिलेकाँही डराउँछिन्, सोधपुछमा मलाई सँगै बस्न दिइयोस्’


सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्सको कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुलप्रित सिंहसँग सोधपुछका लागि समन जारी गरेको छ । उनीहरुसँग २५ र २६ सेप्टेम्बरमा सोधपुछ गरिनेछ ।

दीपिका पादुकोण बिहिबार राती गोवाबाट मुम्बई पुगिन् । श्रीमान् रणबीर सिंह पनि उनीसँगै थिए । सुरक्षाका कारण उनी करिब ४५ मिनेट एयरपोर्टमा नै बसिन् । एनसीबीले दीपिकालाई शनिबार सोधपुछ गर्नेछ । स्रोतका अनुसार राणवीरले एनसीबीसँग निवेदन दिएका छन् । उनले निवेदनमा सोधपुछको क्रममा आफू पनि दीपिकासँगै बस्न चाहेको बताएका छन् । उनकी श्रीमतीलाई कहिलेकाँही डर लाग्ने भएकोले उनलाई सँगै बस्न अनुमति दिइयोस् भनेर निवेदन दिइएको छ ।

रणवीरले भने, ‘हामी कानूनलाई पालना गर्ने नागरिक हौं । थाहा छ कि नियममा अनुसन्धान भइरहेका बेला अर्को व्यक्ति बस्न सक्दैनन् तर पनि एनसीबीको कार्यालय भित्रसम्म जाने अनुमति भने दिनुपर्छ ।’

यद्यपि, उनको यो अपिलमा अहिले पनि कुनै निर्णय भएको छैन । यसअघि दीपिकाले एनसीबीको नोटिसको जवाफमा उनले आफू सोधपुछमा समावेश हुने र अनुसन्धानलाई सहयोग गर्ने बताएकी थिइन् ।

सारा पनि गोवाबाट मुम्बई पुगिन्ः

सारा अली खान गोवाबाट मुम्बई पुगेकी छिन् । उनीसँग उनकी आमा अमृता सिंह पनि थिइन् । सारा र दीपिका सुटिङका लागि पछिल्ला केही दिनदेखि गोवामा थिए । उता नायिका रकुलप्रिल र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशसँग पनि एनसीबीले शुक्रबार सोधपुछ गर्नेछ ।

कुन नायिकालाई कुन दिनको समन ?

– रकुलप्रित सिंह र करिश्मा प्रकाशः शुक्रबार

– दीपिका पादुकोणः शनिबार

– सारा अलीः शनिबार

– श्रद्धा कपुरः शनिबार

रकुलप्रितले बिहिबार बिहान उनले हालसम्म समन नपाएको बताएकी थिइन् । तर पछि एनसीबीले रकुलप्रितले समन पाएको कुरा स्विकार गरेकी छिन् । उनले आफ्नो ठेगाना पनि अपडेट गराएकी छिन् । यसअघि समन नपाएको खबरमा एनसीबीले नायिकालाई थुप्रै माध्यममार्फत् सम्पर्क गर्ने कोसिस गरियो तर कुरा हुन नसकेको बताएको थियो । उनलाई फोन पनि गरिएको तर फोन नउठेको बताइएको थियो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

अमेरिकी विदेशमन्त्री Marco Rubio ले वासिङ्टनमा लेबनानी राष्ट्रपति Joseph Aoun सँग भएको भेटपछि लेबनानले "शान्तितर्फ महत्त्वपूर्ण कदम चालेको" भन्दै त्यसको…

मालीको उत्तरी क्षेत्र अनेफिस नजिक टुआरेग विद्रोही र अल–कायदा सम्बद्ध जिहादी समूहको संयुक्त आक्रमणमा कम्तीमा ५० सैनिक मारिएका छन् भने…

प्रतिकृयाहरू
...