Monday 17th June 2024
खेलकुद
Image

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २४, २०२१ का दिन फाहहिल स्पोर्ट्स क्लबमा अन्तर नेपाली भलिबल प्रतिगोगिता हुने भएको छ। उक्त भलिबल प्रतियोगिता संघकै युवा संयोजक नवराज पराजुलीको संयोजकत्वमा अन्तिम तयारीमा पुगेको संघका प्रवक्ता केशर घलानले बताएका छन। नेपाली…

Image

तितोपाटी- एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछ । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ हुनेछ । छनोट अन्तर्गत पहिलो खेलम बलियो टोली इरानविरुद्ध ४–० ले…

Image

तीतोपाटी - सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख र मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख दिने भएको छ । अाज बसेको मन्त्रीपरिषद बैठकले साफ फुटबल शुरू भएदेखि पहिलो पटक फाइनलसम्म पुगेर उपविजेता बनेको नेपाली फुटबल टोलीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्…

Image

तीतोपाटी - साफ च्याम्पियनसिपको उपाधि उठाउने लक्ष्यका साथ पहिलो पटक साफ फुटबलको फाइनलमा पुगेको नेपाल उपविजेतामै सीतित बन्न पुगेको छ। साफ फुटबलकाे १३औं संस्करणमा फाइनल सम्म पुगेर पहिलो हाफ सम्म दमदार खेल प्रस्तुत गरेको नेपालले दोस्रो हाफको सुरुवातमा नै खाएको दुई अस्वभाविक गोलका साथै खेलको अन्तिम समयमा खाएको थप एक…

Image

तितोपाटी- नेपाली फुटबल टोलीले आज (शनिबार) पहिलोपटक साफ च्याम्पियनसिप फाइनल खेल्दै छ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो । उपाधिको लागि आज राति ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा नेपाल र भारत भिड्दै छन् । ऐतिहासिक खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी…

Image

तितोपाटी- माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका…

Image

तितोपाटी- २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक जना अफिसियलसहित ८ जनाको टोली आज राती साढे १० बजे दोहा प्रस्थान गर्दैछ । नेपाली खेलाडीहरु दुई दिन दोहामा क्वारेन्टीनमा बस्नुपर्नेछ । सेप्टेम्बर २७ देखि अक्टोबर ५…

Image

तीतोपाटी डटकम-आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई पराजित गरेको छ।आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गरेको हो।लिग-२ मा ओमानसँग यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित हात पार्न सफल भएको हो। आइतबार ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले ३ विकेटको क्षतिमा…

Image

तितोपाटी- त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले आज (आइतबार) ओमानसँग प्रतिस्पर्धा गर्दै छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजमा नेपालले ओमानसँग खेल्न लागेको हो । अल अमिरात क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीको सामना गर्दा नेपाल सहज जित निकाल्ने…

Image

तीतोपाटी - नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको छ । लेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज सहजै जितेको हो । ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत शुक्रबारको डे नाइट खेलमा नेपालका लामिछानेले उत्कृष्ट बलिङ गर्दै…