Tuesday 5th December 2023

यूएईलाई हराउँदै नेपाल १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा


नेपाल टी २० विश्वकपमा छनोट, युएई ८ विकेटले पराजित नेपाल अर्को वर्ष आयोजना हुने टी २० विश्वकप क्रिकेटमा छनोट भएको छ । २०२४ को विश्वकप वेस्टइन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दै छन् । टी २० एसिया छनोट फाइनलको सेमिफाइनला युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टी २० विश्वकप क्रिकेटमा छनोट भएको हो । सन् २०१४ का टी २० विश्वकप क्रिकेट खेलेको नेपाल त्यसपछि बल्ल विश्वकपमा छनोट भएको हो ।

माथिल्लो मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७ दशमलव १ ओभरमा २ विकेट गुमाएर पूरा गर्न सफल भयो । नेपाललाई जिताउन ओपनर मोहम्मद आशिफले अर्धशतकीय पारि खेले । उनले ५१ बल फेस गर्दा ६५ रन प्रहार गरे । यसैगरी कप्तान रोहित पौडेले पनि कप्तानी पारि खेले । उनले २० बलमा ३३ रनको नटआउट पारि खेलेका हुन् । नेपालका गुलसन झाले २२ रनको पारि खेल्दा कुशल भुर्तेलले ११ रन बनाए । युएईका निलसन केसवानी र बसिल अहमदले एक एक विकेट लिए । पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । युएईले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । युएईले नेपालविरुद्ध राम्रो सुरुआत गरेको थियो । ३ ओभरमा २९ रन बनाएको बेला नेपालले पहिलो सफलता रनआउटबाट निकालको हो । सोमपाल कामील्े खालिद साहलाई आउट गर्दै युएईलाई पहिलो झड्का दिएका थिए । सोही ओभरको चौथो बलमा उनै सोमपालकले कप्तान मोहमद वसिमलाई करण केसीमार्फत आउट गराए । वसिमले १६ बलमा २६ रन बनाए । उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए ।

तेस्रो सफलता भने सन्दीप लामिछानेले दिलाएका हुन् । उनले आशिफ खानलाई एलबीडब्ल्यू आउट गरे । आशिफले १४ बलमा १३ रन बनाउँदा एक चौका प्रहार गरे । चौथो सफलता कुशल मल्लले दिलाए । उनले ड्रिंग्स ब्रेक पछि १३ ओभरको चौथो बलमा एसिलसन सराफुलाई सोमपाल कामीबाट क्याच आउट गरेर पभेलियन फर्काए । यसैगरी पाँचौं सफलता भने कप्तान रोहित पौडेलले दिलाए । रोहितले अलि नासेरलाई कुशल भुर्तेलको उत्कृष्ट क्याचको मद्दतले आउट गरे । नासेर ४ रन बनाएर आउट भएका हुन् । छैटौं सफलता सन्दीपले दिलाए । सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिँदा बसिल अहमद आउट भए । बसिललाई गुल्सनले डिप मिडविकेटमा क्याच गर्दै आउट गरेका हुन् । बसिलले १ रनमात्रै बनाए । सातौं विकेटको रुपमा युएईका सर्वाधिक रनकर्त बृत्य अरविन्द १९.१ ओभरमा आउट भएका थिए । उनलाई कुशल मल्ले आउट गरेका हुन् । बृत्यले ५१ बल खेल्दा २ छक्का र ८ चौकाको मद्दतले ६४ रनको पारि खेलेका थिए । कुशलले उनलाई गुलसन झामार्फत क्याच गराए । आठौं सफलता पनि कुशलले नै दिलाए ।

१९.३ ओभरमा उनले आयान अफजल खानलाई कुशल भुर्तेलमार्फत क्यान आउट गराए । उनी १ रन बनाएर आउट भएका हुन् । नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १४ रन खर्चिएर २ विकेट लिए । यसैगरी सोमपाल कामीले ३ ओभर बलिङ गर्दा १५ रन दिए १ विकेट लिँदा कुशल मल्लले ३ ओभर बलिङ गरेर १० रन खर्चिदैं ३ विकेट हात पारे । त्यस्तै रोहित पौडेलले १ ओभरमा ६ रन दिएर १ विकेट लिँदा अभिनाश बोहोराले ३ ओभरमा ३६ रन दिएर विकेटविहीन बने । त्यसैगरी करण केसीले ३ ओभरमा २६ रन खर्चिए । गुलसन झाले ३ ओभरमा २४ रन दिए । एसिया छनोटको फाइनल उपाधिका लागि भने नेपाल र ओमान भिड्ने भएका छन् । ओमान पनि विश्वकपमा छनोट एसिया छनोट अन्तर्गत त्रिवि क्रिकेट मैदान मूलपानीमा बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाउँदै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको हो ।


सम्बन्धित शीर्षकहरु

भारतको भाजपाले राष्ट्रिय चुनाव अघि चार मध्ये तीन राज्यको चुनाव जितेको छ, हिन्दू राष्ट्रवादी पार्टीले छत्तीसगढ र राजस्थानमा कांग्रेसबाट नियन्त्रण…

नारायण कोइराला - साहित्यकार पुष्कर अथक रेग्मी कविरत्न माधव प्रसाद देवकोटा साहित्य पुरस्कारद्वारा सम्मानित भएका छन् । नवजागृति पुस्तकालय बुटवलद्वारा…

सुन्दा नै अचम्म लाग्ने घटना युगाण्डामा भएको छ । एउटा होईन दुई वटा बच्चा त्यो पनि ७० बर्षको उमेरमा जन्मिनु…

प्रतिकृयाहरू
...