Sunday 6th September 2026

क्यानद्वारा सन्दीप लामिछानेलाई क्रिकेट खेल गतिबिधिबाट निलम्बन


नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रकारका खेल गतिविधिबाट निलम्बन गरेको छ ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते दोषी ठहर गरेको थियो । उनलाई हिजो अदालतले ८ वर्ष जेल र ५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने सजाय सुनाएको थियो । उनलाई सजाय सुनाइएलगत्तै क्यानले यही कारण देखाउँदै लामिछानेलाई निलम्बन गरेको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘अदालतबाट फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय समेत निर्धारण भएकोले’ लामिछानेलाई निलम्बन गरिएको उल्लेख गरिएको छ ।

यो निलम्बनअनुसार अब लामिछाने नेपाल क्रिकेट संघअन्तर्गत हुने कुनै पनि क्रिकेट खेल सम्बन्धी गतिविधिका संलग्न हुन पाउने छैनन् । उनी धरौटीमा जेलबाहिर रहेको अवस्थामा पनि क्यान मातहत हुने कुनै पनि खेल गतिविधिमा खेलाडीको रुपमा, प्रशिक्षकको रुपमा, खेल वा टिमको व्यवस्थापनमा रहेर समेत कुनै किसिमको काम गर्न पाउने छैनन् ।


सम्बन्धित शीर्षकहरु

इजिप्टको कायरोस्थित फौजदारी अदालतले चर्चित टेलिभिजन प्रस्तोता तथा निर्माता सारा खलिफासहित १२ जनालाई मृत्युदण्ड सुनाएको छ। उनीहरूलाई लागुऔषध उत्पादन तथा…

रसुवा जिल्लाको भोटेकोशीदेखि त्रिशूली नदीसम्म भदौ १० गते आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपाल…

चीनका विभिन्न क्षेत्रमा लगातार परेको भारी वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ। केही स्थानमा पहिरो (मडस्लाइड) गएको तथा…

प्रतिकृयाहरू
...