Friday 20th February 2026
खेलकुद
Image

काठमाडौंमा यहि कार्तिक १३ गतेदेखि हुने आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटमा खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टोलीमा नेपालका स्पिनर सन्दीप लामिछाने पनि परेका छन् । सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी-२०…

Image

युएईलाई हराउदै एसीसी १९ बर्ष मुनिको प्रीमियम कपको उपाधी नेपालले जितेको छ। जितको लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको यूएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि वर्षाको कारण लामो समय खेल रोकिँदा यूएईले २७ ओभरमा १ सय ९८ रनको…

Image

एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी खेलमा नेपालले साउदी अरबलाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। अब नेपालले सेमिफाइनलमा समूह ‘डी’ को विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ। ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी…

Image

घरेलु मैदानमा सुरु त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले विजयी सुरुवात गरेको छ । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो । यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा अविजित रहँदै कप्तान रोहित पौडेलले ५१ र दीपेन्द्रसिंह ऐरीले ३४…

Image

सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा आयोजना हुने फिफाले पुष्टि गरेको छ । स्पेन, पोर्चुगल र मोरक्को सह-आयोजकको रूपमा छन् भने उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा सुरुका तीन खेलहरू हुने छन । । दक्षिण अमेरिकामा उद्घाटन खेलहरू मोन्टेभिडियोमा उद्घाटन टूर्नामेंट भएको 100 वर्ष पूरा हुने भएकाले विश्वकपको शताब्दीको रूपमा…

Image

नेपाली क्रिकेट टिम चीनमा जारी १९औँ एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धाको क्वाटरफाइलबाट बाहिरिएको छ । मंगलबार भएको क्वाटरफाइनल खेलमा भारतसँग २३ रनको हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । योसँगै लगातार तेस्रोपटक नेपाली क्रिकेट टिम पदक जित्न चुकेको छ । यसअघिको दुई संस्करणमा पनि नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।भारतले दिएको २…

Image

एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारत प्रतिद्वन्द्वी पाएको छ । भारतसँग नेपालले भोलि बिहान नेपाली समयअनुसार पौने ७ बजे खेल्नेछ । समूहचरणमा मंगोलियाविरुद्ध थुप्रै विश्वकीर्तिमान तोड्ने इनिङ खेल्दै क्वाटरफाइनल पुगेको नेपालले एसियाडको उपाधि दाबेदार भारतसँग अब क्वाटरफाइनलमा भिड्ने तय भएको हो। नेपाली कप्तान रोहित पौडेलले ड्रको गोलाप्रथामा चिठ्ठा…

Image

नेपाली क्रिकेट टोली चीनमा जारी एसियन गेम्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा माल्दिभ्सविरुद्ध १२८ रनको जित निकाल्दै नेपाल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो । नेपालले अब क्वाटरफाइनलमा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामध्ये एक टिमसँग खेल्नेछ । समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी…

Image

नेपालले १९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा विश्व कीर्तिमानी जितसहित मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले हराएको छ । जितका लागि ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ ओभर एक बलमा ४१ रनमा अलआउट भयो । नेपालको यो जित टि–२० इतिहासकै सबैभन्दा ठूलो जित हो । यसअघि सन्…

Image

नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन्। नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका हुन्। चीनमा जारी १९ औं एसियन खेलकुदमा मंगोलियाविरूद्ध मैदानमा उत्रेका ऐरीले जम्मा ९ बल मै अर्धशतक पूरा गरेर विश्वकिर्तिमान बनाएका हुन्। यसअघि भारतका युवराज सिंहले १२ बलमा…