जीएनएन(लण्डन) - बेलायतमा गत वर्षको अन्तबाट शुरु भएको लकडाउन सोमबार (मे १७) बाट खुकुलो गरिएको छ । लकडाउनपछि टेकअवेमा मात्र सीमित रहेका रेष्टुरेन्ट, पब तथा क्याफेहरूमा अघिल्लो हप्ताबाट आउटडोर अर्थात बाहिर बसेर खानपिन गर्न पाउने नियम लागू गरिएको थियो । सरकारको रोडम्याप अनुसार नै सोमबारबाट लकडाउनको तेस्रो चरण अनुसार थप…
तितोपाटी- वैदेशिक रोजगारमा गएका कामदारहरुको बाहुल्यता रहेको मध्यपूर्वका मुलुकहरुबाट नेपालीहरुले पठाएको ५ सय ६० वटा अक्सिजन सिलिण्डर नेपाल सरकारले प्रयोग गर्न शुरु गरेको छ । शनिबार साँझ नेपाल आइपुगेका सिलिण्डरहरु आइतबार बिहान स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र पूर्व अध्यक्ष उपेन्द्र महतोले हस्तान्तरण गरे…
तीतोपाटी - अलमुजैनी एक्सचेन्जबाट रमादान प्रमोसन अनलाइन चौथो-टोली, May 3, 2021 to May 9, 2021 गते भित्र पैसा पठाइ सकेका ग्राहकहरुको लागि भाग्यसाली विजेताहरुको नामावली सार्वजनीक गरेको छ । रमादानको अवधि भित्र अनलाइन मार्फत पैसा पठाइसकेका अल्मुजैनी ग्राह्कहरुले दैनिक आकर्षक पुरस्कार जितेका छ्न। अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीहरुको लागि अलमुजैनीले…
काठमान्डौ-आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगाउँबाट अक्सिजन छैन…
संवाददाता, आयोवा, अमेरिका - अमेरिका आएका पहिलो पुस्ता नेपालमा जन्मिएको हो । आमाबाबा र परिवारका थुप्रै सदस्य नेपालमै छन् । जबजब तिनै आमाबाबा र मान्यजनको आशीर्वाद लिन नेपाल गइन्छ, नेपालको एयरपोर्टमा टुरिस्ट भिसा लगाउनुपर्छ । मनभरि नेपाल र नेपाली राखेर अमेरिकामा संघर्षरत नेपाली चाहन्छन् नेपाल जाँदा टुरिस्ट भिसा लिन नपरोस्…
तीतोपाटी - गैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA-NCC Kuwait)को सन २०२१-२०२३ कार्यकालको लागि साताैं राष्ट्रिय महाधिवेशन आगामी २३ जूलाइ २०२१ का दिन हुने भएको छ भने अधिवेशन प्रयोजनको लागि पञ्जिकृत सदस्यता फारम खुला गरिएको छ । हिँजो शुक्रबार साँझ एनसीसी कुवेतले अनलाइन भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरि…
दाइजो नपाएर चेली जलेकै छन् नेपालमा । बलत्कारीको चपेटामा परेकै छन् नेपालमा । किताब मै सिमित छ कानुनको दस्तावेज, निर्धोलाइ थुन्ने कानुन बनेकै छन् नेपालमा । नगर देखि शहर सम्म चेलीबेटी लुटिन्छन्, पहुँचवाला साथीहरु छुटेकै छन् नेपालमा । हामीले हिंसाबाट कसरी बचाउन सक्छौ र सत्ताधारी नेताहरू नै चुकेकै छन् नेपालमा…
तितोपाटी- कुवेतबाट प्रकाशित हुदै आएको अनलाईन समाचार पोर्टल तीतोपाटी डट कम को प्रकाशन तीतोपाटी मिडिया(कोसेली समूह) प्रा.लि. को प्रधान सम्पादकमा पत्रकार हरिकृष्ण न्यौपानेलाइ नियुक्त गरिएकाे छ । उनी यस मिडिया प्रा. लि. मा दोश्रो पटक सर्वसहमत चयन भएका हुन्। हाल तीतोपाटी मिडिया प्रा. लि. नेपालमा दर्ता भइ नेपालबाटै पत्रकारिता गर्ने…
हरी कृष्ण न्यौपाने- स्याङजा घर भई लामो समय देखी पोखरामा बसोबास गरिरहेका र कुवेतमा रोजगारीका क्रममा रहेका टेकन गुरुङ ३ महिना देखि परिवार र साथीहरु संग सम्पर्क बिहिन भएका छन् । गुरूङको खोजी गरि दिनको लागि कुवेतमा रहेको नेपाली राजदूतवास अनि नेपाली संघ-संस्थाहरु र पत्रकारहरुलाई परिवारले आग्रह गरेका छन। राहदानी…
तीतोपाटी - गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको आह्वानमा विश्वभरिबाट राष्ट्रिय समन्वय समितिहरूले सहयोग अभियान चलाइरहेका बेला मध्यपूर्वका देशका राष्ट्रिय समन्वय समितिहरूको पहलमा सहयोग रकम संकलन गरि ओमानबाट आगामी शनिबार नेपाल एअरलाइन्सको वाइडबडी चार्टर कार्गो उडान मार्फत पहिलो खेपको रूपमा ५५० सिलिन्डर नेपाल लगिंदैछ । कोरोना महामारीको दोश्रो लहरको चपेटामा…
![]()