स्थानीय निर्बाचन नजिकिदै संगै नेपालका राजनीतिक दलहरुले उम्मेदवार चयन गर्ने क्रममा जारी रहेको छ। यसै मेसोमा विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर पदका लागि उम्मेदवार टुंग्याएको छ। मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उठाउने पार्टीले निर्णय गरेको प्रवक्ता शरदराज पाठकले बताए।आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बागमती…
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् । सोमबार बसेको गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै पाँच दलले यस्तो आह्वान गरेका हुन् ।पाँच दलका शीर्ष नेताहरुले वक्तव्यमा देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न समेत आह्वान गरेका छन्…
नेपाल बार एसोसिएसनको निर्वाचनमा प्रतिपक्षी दल एमाले निकटका कानुन व्यवसायी पराजित भएको छ । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विजयी हुँदै एमाले बारमा निल हुन पुगेको हो । नतिजा अनुसार काँग्रेस–माओवादीसहित सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानलले क्लिन स्वीप गरेको छ । निर्वाचन समितिले सार्वजनिक…
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्य मनोनीत भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ दाहाललाई संविधानको धारा ८६ (२) (ख) बमोजिम मनोनीत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्। राष्ट्रियसभा सदस्य रामनारायण विडारीको पदावधि सकिएपछि उनको ठाउँमा सत्ता साँझेदार माओवादी…
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ । आयोगले पत्रकार सम्मेलन गरेर आजदेखि आचारसंहिता लागु भएको जनाएको हो । आचारसंहिता उल्लघंन भएको पाइएमा कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गरी नागरिकलाई निर्बाध…
प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् ।…
विश्वको सर्वोच्च शिखर सगरमाथामा अहिलेसम्म भिन्न देश, भिन्न वर्ग, र भिन्न जातिले चढिसकेका छन्। तर, अहिलेसम्म निग्रो (काला) जातिको समूहले सगरमाथाको शिखर भने चुमेको छैन। अमेरिकी समाजमा अझै पनि सेता र काला जातिबीच रंगभेद कायम नै छ। यसैलाई चिर्न अफ्रिकन–अमेरिकनको एक समूहले सगरमाथा आरोहण गर्ने भएको छ। सगरमाथाको पहिलो आरोहण…
पूर्वी सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकालाई भेरी नदीले छुट्याएको छ। भेरीगंगाको जहरे बजार र गुर्भाकोटको जहरे गाउँ जोड्ने झोलुङ्गे पुल छ। त्यहीँ नजिकै पक्की पुल पनि बन्दैछ। कंगोमा बिद्रोहीको गोलीबाट मृत्यु भएका अनिल गुरुङको घर गुर्भाकोट–१४ स्थित जहरे गाउँमा छ। सेनामा भर्ती भएपछि गुरुङले काठमाडौंमै विवाह गरे। उनकी श्रीमती विद्या…
बाना अमेरिकाको अध्यक्ष पदमा पुन सुवोध पन्त विजयी भएका छन् । साथै पन्त समूहका लगभग सबै उम्मेदवारहरू विजयी हुन् सफल भएका छन् । अमेरिकाको बाल्टिमोरमा स्थापित प्रतिष्ठित गैरनाफामूलक सामाजिक संस्था बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) मा गत अप्रिल ३ मा सम्पन्न निर्वाचनमा २०२२–२०२५ को लागि सुबोध पन्त समूहबाट…
नेपाली कांग्रेससहितका दलहरुले स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने हस्ताक्षर गरेको छैन ।निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दललाई बोलाएको थियो । आयोग पुगेका केही राजनीतिक…
![]()