Wednesday 21st October 2026

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धतामा एमालेले गरेन हस्ताक्षर


नेपाली कांग्रेससहितका दलहरुले स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने हस्ताक्षर गरेको छैन ।निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दललाई बोलाएको थियो । आयोग पुगेका केही राजनीतिक दलले छलफल विनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए ।

राजनीतिक दलहरुबाट प्राप्त सल्लाह सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भएकाले आचार संहितामा दलहरुलाई हस्ताक्षर गर्न बोलाइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।नेकपा एमालेले पनि आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेको छैन । एमालेबाट कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोग पुगेका थिए । कानुन विभाग प्रमुख बडालले छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै काम गर्नु उचित नभएकाले हस्ताक्षर नगरेको बताए । ‘छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै कार्य गरिनु उचित नभएकोले एमालेले आज कुनै हस्ताक्षर गरेन । शान्त र उचित वातावरण वनाउदै छलफल गर्ने र सवै दलको विचार सुनुवाई हुनु गरेर अगाडि वढ्न आयोगलाई आग्रह छ’ उनले भनेका छन् ।

 

 


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...