Sunday 19th October 2025
पत्रपत्रिका बाट
Image

आज विक्रम सम्वत २०७९ सालको पहिलो दिन । नयाँ वर्ष २०७९ साल आजदेखि सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी…

Image

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । २९ चैतमा बसेको नेकपाको १२औँ पूर्ण बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा शक्ति र पैसाको दुरुपयोग हुने निष्कर्षसहित सोविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो । नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्धको माहोल सिर्जना…

Image

व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले बिहीबारदेखि स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने भएको छ । भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने व्यवस्था गरेको हो । वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने,…

Image

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फेसबुक पेजबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो भएको चुनावी पोस्टर हटाइएको छ। बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्डले कुलमानको फोटो भएको चुनावी पोस्टर फेसबुकमा राखेका थिए। माओवादीका अरू नेताहरूले पनि उक्त पोस्टर पोस्ट गरेका थिए।अहिले उक्त पोस्टर सम्पादन गरेर…

Image

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो। मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी द्विपक्षीय…

Image

विदेशी विनिमयको सञ्चिति निरन्तर घटेर करिब ७ महिना पनि आयात धान्न नसक्ने अवस्थामा छ । नेपाल राष्ट्र बैंकले बिलासी वस्तु आयातका लागि प्रतितपत्र (एलसी) नखोल्न र विदेश जाने नागरिकलाई दिइने सटही सुविधा २०० डलरमा सीमित गर्न बैंकहरुलाई निर्देशन दिएको छ । तर सरकारी स्तरका विदेश भ्रमण भने बाक्लिदो छ ।…

Image

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले आइतबार आयोजना गरेको परिमार्जित पूर्व प्रस्थान अभिमुखिकरण तालिम कार्यान्वयनको अवस्थाबारे सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनिवार्यरुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने…

Image

स्थानीय निर्बाचन नजिकिदै संगै नेपालका राजनीतिक दलहरुले उम्मेदवार चयन गर्ने क्रममा जारी रहेको छ। यसै मेसोमा विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर पदका लागि उम्मेदवार टुंग्याएको छ। मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उठाउने पार्टीले निर्णय गरेको प्रवक्ता शरदराज पाठकले बताए।आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बागमती…

Image

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् । सोमबार बसेको गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै पाँच दलले यस्तो आह्वान गरेका हुन् ।पाँच दलका शीर्ष नेताहरुले वक्तव्यमा देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न समेत आह्वान गरेका छन्…

Image

नेपाल बार एसोसिएसनको निर्वाचनमा प्रतिपक्षी दल एमाले निकटका कानुन व्यवसायी पराजित भएको छ । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विजयी हुँदै एमाले बारमा निल हुन पुगेको हो । नतिजा अनुसार काँग्रेस–माओवादीसहित सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानलले क्लिन स्वीप गरेको छ । निर्वाचन समितिले सार्वजनिक…