Friday 26th April 2024

अफगानिस्तानमा शक्तिशाली भुकम्प, कम्तिमा २८० को मृत्यु, दर्जनाै घाइते


अफगानिस्तानमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा २ सय ८० भन्दा बढिको मृत्यु भएको र दर्जनाै घाइते भएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । ६.१ रेक्टर स्केलको उक्त भूकम्प दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा गएको थियो ।

अफगानिस्तानको दक्षिण-पूर्वी शहर खोस्टभन्दा ४४ किलोमिटरको दूरीमा रहेको स्थानलाई केन्द्र बनाएर भूकम्प गएको बीबीसीले लेखेको छ । स्थानीय न्यूज एजेन्सीका अनुसार अहिलेसम्म ६०० भन्दा बढि घाइतेको विवरणहरू प्राप्त भएका छन् ।

भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र छिमेकी देश पाकिस्तानमा समेत महसुस गरिएको युरोपियन मेडिटेरिनियन सिस्मोलोजिकल सेन्टरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ ।

भूकम्पबाट सबैभन्दा धेरै क्षति अफगानिस्तानको पक्तिका प्रान्तमा भएको छ । रातिमा मानिसहरू सुतिरहेको समयमा भूकम्प गएकोले धेरै क्षति हुनसक्ने अनुमान गरिएको छ ।

अफगानिस्तान भूकम्पीय जोखिभ भएको मुलुकमा पर्दछ भने विगत १० वर्ष भित्रको तथ्यांक हेर्दा अफगानिस्तानमा भूकम्पमा परी ७ हजारभन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ । भूकम्पबाट वार्षिक औसत ५६० जनाको मृत्यु हुने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...