Friday 24th July 2026

अफगानिस्तानमा शक्तिशाली भुकम्प, कम्तिमा २८० को मृत्यु, दर्जनाै घाइते


अफगानिस्तानमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा २ सय ८० भन्दा बढिको मृत्यु भएको र दर्जनाै घाइते भएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । ६.१ रेक्टर स्केलको उक्त भूकम्प दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा गएको थियो ।

अफगानिस्तानको दक्षिण-पूर्वी शहर खोस्टभन्दा ४४ किलोमिटरको दूरीमा रहेको स्थानलाई केन्द्र बनाएर भूकम्प गएको बीबीसीले लेखेको छ । स्थानीय न्यूज एजेन्सीका अनुसार अहिलेसम्म ६०० भन्दा बढि घाइतेको विवरणहरू प्राप्त भएका छन् ।

भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र छिमेकी देश पाकिस्तानमा समेत महसुस गरिएको युरोपियन मेडिटेरिनियन सिस्मोलोजिकल सेन्टरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ ।

भूकम्पबाट सबैभन्दा धेरै क्षति अफगानिस्तानको पक्तिका प्रान्तमा भएको छ । रातिमा मानिसहरू सुतिरहेको समयमा भूकम्प गएकोले धेरै क्षति हुनसक्ने अनुमान गरिएको छ ।

अफगानिस्तान भूकम्पीय जोखिभ भएको मुलुकमा पर्दछ भने विगत १० वर्ष भित्रको तथ्यांक हेर्दा अफगानिस्तानमा भूकम्पमा परी ७ हजारभन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ । भूकम्पबाट वार्षिक औसत ५६० जनाको मृत्यु हुने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...