Tuesday 18th November 2025
पत्रपत्रिका बाट
Image

जुना श्रेष्ठ -कोरोना भाइरस संक्रमणको डरले काठमाडौं छाडेर घर फर्कनेहरूको घुइँचो बढ्दो छ। अत्यावश्यक वस्तुको अभाव र मूल्य वृद्धिले सर्वसाधारण मर्कामा छन्। दैनिक कमाइ गरेर घर चलाउनुपर्नेलाई यो समय कठिन हुन्छ। कति त आम्दानी सुकेर घरभाडा तिर्न सक्दैनन्। यस्तो बेला घरबेटी र डेरावालको सम्बन्ध राम्रो नभए काठमाडौंमा बस्नै मुश्किल पर्छ।…

Image

काठमाडौँ- कोरोना भाइरस (कोभिड-१९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियोलाई सामाजिक सञ्‍जालमार्फत फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापामगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जामार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। पक्राउ परेका मगरले नर्भिक अस्पतालमा…

Image

तितोपाटी- बिश्व भरि फैलिएको कोरोना भाइरस विरूद्ध किटनाशक औषधि छर्किंदै छ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्। ‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनि सामाजिक सञ्जालमा अपवाह फैलाइएको…

Image

तितोपाटी-सरकारले ९ दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान सथगन गर्ने निर्णय लिएको छ । कोरोना भाइरसको संक्रमण विश्‍वभर फैलिएको अवस्थामा ९ चैतदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय लिएको हो ।  शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै ९ चैतदेखि १८ चैतसम्म सबै उडान स्थगन गरिएको जानकारी गराए ।

Image

एकैदिन ४२७ जनाको मृत्यु भएपछि इटाली कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक नागरिक गुमाउने मुलुक बनेको छ। इटालीमा योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ। यो संख्या कोरोना भाइरसको उद्गम स्थल चीनको भन्दा बढी हो। चीनमा हालसम्म यसको संक्रमणबाट ३ हजार २ सय ४५ जनाको ज्यान…

Image

भारतको दिल्लीमा सामूहिक बलात्कार तथा हत्या मुद्दामा दोषी ठहर गरिएका चार जनालाई मृत्युदण्ड दिइएको छ । दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई शुक्रबार बिहान ५:३० मा झुन्ड्याएर मृत्यु दण्ड दिइएको हो । निर्भया बलात्कार घटनाका दोषीहरु विनय शर्मा, अक्षयकुमार सिंह, मुकेश सिंह र पवन गुप्ता रहेका छन् । सन् २०१२ मा २३…

Image

तितोपाटी- सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन सबैलाई आव्हन गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्ण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, आवातजावत र हिँडडुल नगर्न सर्वसाधरणलाई अपिल गरेको हो । त्यसैगरी सांस्कृतिक,…

Image

तितोपाटी-सरकारले भोलिदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) स्थगित गरेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसइइ परीक्षा स्थगित गर्ने निर्णय गरिएको नेपाललाइभलाई बताए। कोरोना संक्रमणको प्रभाव बढ्दै गएपछि सरकारले चैत ६ गतेदेखि तय गरिएको एसइई परीक्षा स्थगित गरेको हो। यसैगरी, त्रिभुवन विश्वविद्यालयले पनि बिहीबारदेखिका परीक्षा रोक्ने भएको छ। त्रिविले यसबारे आधिकारिक निर्णय…

Image

तितोपाटी- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले ३५ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाउँदै विमानस्थलबाटै फिर्ता पठाएको छ । स्वास्थ्य प्रमाणपत्र नल्याई नेपाल प्रवेश गर्न खोज्ने ३५ विदेशीलाई फिर्ता (इन्ट्री रिफ्युज्ड) गरेको अध्यागमनले जानकारी दिएको हो । फागुन २७ गतेदेखि सोमबारसम्म गरी ३५ जनालाई फिर्ता पठाइएको विभागले जनाएको छ । फिर्ता पठाइनेमा सबैभन्दाबढी…

Image

तितोपाटी- यूएईस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। अर्को सूचना जारी नहुदासम्म आजबाट लागू हुने गरी दूतावासले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको हो। कोभिड–१९ अर्थात कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएसँगै दूतावासले कामदार मागपत्र प्रमाणीकरण सम्बन्धी सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।ट्राभल डकुमेन्ट,…