Friday 11th September 2026

राष्ट्रपतिद्वारा,प्रधानमन्त्री जोनसनको स्वास्थ्यलाभको कामना


तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य लाभको कामना गरेकी छन्।

राष्ट्रपति भण्डारीले बुधबार अपराह्न महारानी एलिजाबेथ द्वितीयालाई एक सन्देश पठाउँदै उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपति भण्डारीले नेपाल बेलायतबीच विद्यमान करीब दुई सय वर्षको सम्बन्ध स्मरण गर्दै विश्वमा महामारीका रुपमा फैलिएको कोभिड-१९ विरुद्ध लड्न सम्पूर्ण विश्व एक हुुनुपर्ने आवश्यकता पनि औँल्याउएको सचिवालयले जनाएको छ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको अवस्था स्थिर रहेको छ। घरमै आइसोलेसनमा बसिरहेका बेला स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मंगलबार सेन्ट थोमस अस्पतालको आइसियूमा भर्ना गरिएको थियो।  यसअघि विदेशमन्त्री डोमिनिक र्‍याबले प्रधानमन्त्री निको हुनेमा आफू विश्वस्त रहेको जनाउँदै उनी एक योद्धा रहेको बताएका थिए। कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका र्‍याबले प्रधानमन्त्री जोन्सनलाई अक्सिजनसहितको उपचार दिइएको र हाल भेन्टिलेटरबिना आफैं श्वास फेरिरहेको जनाएका छन्।
जोन्सनको स्वास्थ्यस्थितिका बारेमा बुधबार साँझसम्ममा थप जानकारी आउने बुझिएको बिबिसीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

प्रतिकृयाहरू
...