लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको छ। संघ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो। रंगशालाको स्थलगत निरीक्षण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले ठेक्का लागेसँगै रंगशाला निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताए। “कामले गति लिइसकेको छ।…
रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । हिमाली संरक्षण मञ्चको संयोजनमा आगामी असोज ५ गते रेडपाण्डा दिवसका अवसरमा आयोजना हुने सो प्रतियोगिताका सहभागीले ४८ किलोमिटर दूरी पूरा गर्नुपर्नेछ । म्याराथनले रेडपाण्डा संरक्षणमा विशेष योगदान पुर्याउने अपेक्षा गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश…
हमास का नेता स्माईल हनिया र हजबुल्लाहका मुख्य कमाण्डर फुआद शुक्र दुवै टेलिफोनको कारण मारिएका थिए । यहाँ शुक्र को मृत्यु सम्बन्धि एक समाचारलाई हेरौ । एक फोन कलले हिजबुल्लाहका फुआद शुक्रलाई उनको मृत्युमा पुर्यायो, हिजबुल्लाह अधिकारीले भने । शुक्रलाई सातौं तल्लामा जान आग्रह गर्ने कल सम्भवतः एक व्यक्तिबाट आएको…
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म १९७१ भदौ २४…
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १४औँ महाधिवेशनमा मिलाउन नसकेकाे ‘कोइराला परिवार भित्रको राजनीति’ व्यवस्थापनको सुरुआत गरेका छन्। गत महाधिवेशनमा कोइराला परिवारका शीर्ष तीन नेता तीनतिर हुँदा सभापति शेरबहादुर देउवालाई रणनीतिक लाभ मिलेको थियो। १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहने घोषणा गरिसकेका शेखरले शुक्रबार बहिनी सुजातालाई आफ्नो समूहमा स्वागत गरे। सो क्रममा…
नेकपा एमालेसँग सत्ता साझेदारीमा रहुन्जेल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चालाई खासै वास्ता गरेनन्। मोर्चाका बैठकहरू नियमित हुन सकेनन् र कार्यक्रम पनि केही भएन। मोर्चामै रहेको महत्वपूर्ण दल जसपा नेपालको विभाजनकै आरोप प्रचण्डलाई लागेको थियो। सत्तामा हुँदा नखोजेको समाजवादी मोर्चा प्रमुख प्रतिपक्षी दलको नेता…
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गरेका छन् । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोमबार बिहान ११ बजे सपथ लिने कार्यक्रम छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपति पौडेलले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री…
बेलायतमा लेबर पार्टीका नेता किअर स्टार्मर प्रधानमन्त्री बनेका छन् । बिहीबार सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टीले ४१२ सिटसहित भारी बहुमत प्राप्त गरेपछि स्टार्मर प्रधानमन्त्री नियुक्त भएका हुन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको १४ वर्ष लामो शासन अन्त्य गर्दै लेबर सत्तामा आएको हो । लेबरका अन्तिम निर्वाचित प्रधानमन्त्री सर टोनी ब्लेयरको लिडरसीपमा…
बेलायतमा मतगणना पूरा हुनुअघि नै लेबर पार्टी विजयी भएको छ । लेबर पार्टीको नेतृत्व गरेका सर केयर स्टारमर बेलायतको आगामी प्रधानमन्त्री हुने भएका छन् । योसँगै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किने भएको हो। शुक्रबार सार्वजनिक भएको नतिजामा लेबर पार्टीले बहुमत पार गरेको छ । ६५० सिटमध्ये ४१० भन्दा बढी…
नेकपा एमाले सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी आठ जना मन्त्रीहरुले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिएका छन् । चार महिनाअघि कांग्रेसलाई बिपक्षमा धकेलेर प्रमुख सत्ता साझेदारकारुपमा दाहाल नेतृत्वको सरकारमा सहभागी भएको एमाले अहिले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीसहित सरकारबाट बाहिरिएको छ । बुधबार अपरान्ह एमालेले सरकारलाइ दिएको समर्थन फिर्ता लिएको…