Friday 16th January 2026

राजावादी लक्षित प्रधानमन्त्रीको कविता- सहरमा खोजी भइरहेको छ हराएको मूर्ति र भाइमाराको


प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुलाई लक्षित गर्दै शहरमा हराएका मूर्ति र भाइभाराहरुको खोजी भइरहेको कटाक्षसहितको कविता सुनाएका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको हिमवत खण्ड कला-साहित्य-संस्कृति सम्मेलनलाई आइतबार सम्बोधन गर्ने क्रममा ओलीले ‘अञ्जुलीभित्र सजाएर राखेको हिरा नेपाल’ शीर्षकको कविता वाचन गरे । उनले पूर्वराजालाई लक्षित गर्दै भाइभारा र मूर्तिचोरको आरोप लगाए ।यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमारा, मूर्ति चोर र सुन तस्कर भएको आरोप लगाएका थिए ।

ओलीको कविता

अञ्जुलीभित्र सजाएर राखेको नेपाल
यसको स्पन्दन केन्द्र मुटु काठमाडाैं
एउटा बृहत मिलन, सम्मिलन
एउटा सड्ढल्प सुवर्ण हिमवत्खण्डको

कथा- हाँगाबाट भुइँमा
भुइँबाट गुफामा, गुफाबाट यहाँसम्म
एउटा लामो यात्रा, यात्राको वर्णन !
प्रेम, घृणा, लडाइँ !
उन्माद,आर्तनाद !
कठिन तर गौरवको यात्रा
प्रेमपछि प्रेमको कथा हिमवत्खण्ड !

तर, समय फेरिएको छ
सहरले धेरै कुरा बिर्सिएको छ
नक्कल धेरै गर्छ, हल्लाका पछि कुद्छ
आजकाल शहरमा “काग काग” कराउँदै उडिरहेछन्
आफ्नै सभ्यता माथि बिष्ट्याइरहेछन्

ओहो भाषा !
भनभन ! साँचो झुठो
शहरमा खोजी भैरहेछ हराएको मूर्तिको
मूर्ति आफैं हराउँदैन, मूर्तिलाई हराउन मद्दत गर्नेको
खोजी भैरहेछ भाइमाराको
राष्टिय पकेटमाराको !
तानातान छ, गतिको रथ र पाङ्ग्राको
अघिल्तिर तान्ने कि पछिल्तिर तान्ने !

तर,
हिमवत्खण्ड अघि बढ्ने बाटो खोजिरहेछ
अघि बढ्ने बाटो खोजिरहेछ
अलि पर एउटा स्पष्ट गन्तव्य
सबै कुरा छोडेर त्यही छुन
एउटा यात्रा, एउटै गन्तव्य
एउटा यो सानो सम्मिलन
संकल्प सुवर्ण हिमवत्खण्डको !

-नेपालप्रेसबाट


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...