Thursday 22nd October 2026

४६ वर्षपछि ‘सिन्दूर’ चलचित्र अन्तर्राष्ट्रिय नारी दिवसमा प्रदर्शन गरिने


अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ऐतिहासिक नेपाली चलचित्र ‘सिन्दूर’लाई प्रदर्शन गरिने भएको छ । मंगलबार बिहान १० बजेदेखि चलचित्र विकास बोर्डको हलमा चलचित्र स्क्रिनिङ गर्न लागिएको हो । बोर्डअन्तर्गतको महिला चलचित्रकर्मी सशक्तिकरण समितिले प्रदर्शन आयोजना गरेको हो । विश्व बस्नेतको अभिनय रहेको दोस्रो रंगिन चलचित्र २०३६ सालमा रिलिज भएको थियो ।
काठमाडौंका हलमा सयुंक्त रुपमा ५२ हप्ता चलेको पहिलो सिल्भर जुब्ली चलचित्रको निर्देशन प्रकाश थापाले गरेका थिए । यही चलचित्रबाट गोपालराज मैनाली र बसुन्धरा भुसाल चंखे र नक्कली नामले परिचित भएका थिए भने नीर शाह पहिलो पटक खलनायकको भूमिकामा देखिएका थिए । चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डीसीले महिला सशक्तिकरणको कथावस्तु भएकाले सो अवसरमा चलचित्र प्रदर्शन हुन लागेको बताए । हलमा रिलिज भएको ४६ वर्षपछि ‘सिन्दूर’लाई प्रदर्शन गर्न लागिएको हो ।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...