Saturday 26th September 2026

४६ वर्षपछि ‘सिन्दूर’ चलचित्र अन्तर्राष्ट्रिय नारी दिवसमा प्रदर्शन गरिने


अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ऐतिहासिक नेपाली चलचित्र ‘सिन्दूर’लाई प्रदर्शन गरिने भएको छ । मंगलबार बिहान १० बजेदेखि चलचित्र विकास बोर्डको हलमा चलचित्र स्क्रिनिङ गर्न लागिएको हो । बोर्डअन्तर्गतको महिला चलचित्रकर्मी सशक्तिकरण समितिले प्रदर्शन आयोजना गरेको हो । विश्व बस्नेतको अभिनय रहेको दोस्रो रंगिन चलचित्र २०३६ सालमा रिलिज भएको थियो ।
काठमाडौंका हलमा सयुंक्त रुपमा ५२ हप्ता चलेको पहिलो सिल्भर जुब्ली चलचित्रको निर्देशन प्रकाश थापाले गरेका थिए । यही चलचित्रबाट गोपालराज मैनाली र बसुन्धरा भुसाल चंखे र नक्कली नामले परिचित भएका थिए भने नीर शाह पहिलो पटक खलनायकको भूमिकामा देखिएका थिए । चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डीसीले महिला सशक्तिकरणको कथावस्तु भएकाले सो अवसरमा चलचित्र प्रदर्शन हुन लागेको बताए । हलमा रिलिज भएको ४६ वर्षपछि ‘सिन्दूर’लाई प्रदर्शन गर्न लागिएको हो ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...