Thursday 26th March 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्ष्यगर्दैै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ । विस्फोटहरू…

Image

तीतोपाटी - नागरिक सर्वोच्चता स्थापित गर्न आह्वान गर्दै बृहत नागरिक आन्दोलनले घोषणापत्र सार्वजनिक गरेको छ। ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार बृहत नागरिक आन्दोलनले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै सैनिकले प्रतिबन्ध लगाएको टुडिँखेलको जमिनलाई सार्वजनिक भएको समेत घोषणा गरेको छ। घोषणापत्रमा संघीय गणतन्त्रको पहिलो निर्वाचनबाट उदाएको भए पनि प्रधानमन्त्री केपी शर्मा…

Image

तीतोपाटी - काठमाडौंमा ६५ रुपैयाँमै पेटभरि खाना खान पाइन्छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, ‘हाम्रो खानाघर’ अनामनगरमा ६५ रुपैयाँमै पेटभरि खाना पाइन्छ । सस्तो मूल्यमा खाना खान बिहान नाै बजेदेखि बेलुका नाै बजेसम्म हाम्रो खानाघरमा भिड लाग्छ । दैनिक खाना खानेमध्येका उमेश बस्नेत सस्तोमा राम्रो खाना पाउँदा दं‍ग छन्…

Image

तीतोपाटी - यस पटकको राष्ट्रिय महिला फुटबल च्याम्पियन्स लिगको ट्रफी सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।  एपीएफले अपराजित रहँदै राष्ट्रिय महिला फुटबल लिगको उपाधि जितेको हो भने यो जीत सँगै एपीएफले पहिलो पटक राष्ट्रिय महिला भलिबल च्याम्पियन्स लिगमा ह्याट्रिक गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको लिगको अन्तिम…

Image

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरेको जनाएका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले रौतहटका राजेश झालाई प्रदेश २ प्रमुखमा नियुक्त गरेकी छिन् ।  

Image

तितोपाटी- नेकपा प्रचण्ड–माधव पक्षले बोलाएको आकस्मिक केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । बैठकमा पछिल्लो अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछिल्लो विकसित राजनीतिक घट्नाक्रमका विषयमा ब्रिफिङ गरिरहेका छन् । प्रचण्ड माधव पक्षले आफ्ना…

Image

तितोपाटी-प्रजातन्त्र दिवसको सो अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तित्वहरु टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । वि.सं. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । सो अवसरमा आज राष्ट्रपति…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सरकारले लोकतन्त्रको बाटो नबिराउने र संविधान नमिच्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन ।’ सरकार…

Image

प्रहरी हिरासतमा रहेका दिनेश भट्टले बैतडीको भागरथी भट्टको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् । ४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेका उनले बलात्कार भने नगरेको दाबी गरेका थिए । जबकी…

Image

गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एन.आर.एन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो । सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा…