तितोपाटी- जेरुसेलम प्रदर्शनले हिंसात्मक रुप दिएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलको लोड सहरमा आपत्काल घोषणा गरेका छन् । अरब समुदायका एक इजरायलीको अन्त्येष्टिपछि सुरु भएको प्रदर्शन हिंसात्मक अवस्थामा पुगेपछि स्थानीय समयानुसार मंगलबार राति आपत्काल घोषणा गरिएको हो । ती इजरायलीको केही दिनअघि भएको ‘झडप’मा मृत्यु भएको थियो । प्रदर्शनकारीले प्रहरीमाथि…
तितोपाटी- वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिन ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौंमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो । त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार,…
तितोपाटी- काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो। अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार…
तितोपाटी- भारतको राजधानी नयाँ दिल्लीमा ६ वर्षदेखि परिवारसँगै बसेर रोजगारी गर्दै आएका थिए, बाँकेका कवीन्द्र शाही । भयावह रूपमा फैलिएकाे कोरोना संक्रमणले उनलाई पनि छाेयाे । संक्रमित भएर बिरामी परे पनि अस्पतालमा बेड नपाएपछि उनी अहिले हाेम आइसाेलेसनमै छन् । कोरोना पोजिटिभ देखिएपछि चारवटा अस्पताल धाउँदा पनि बेड नपाएपछि कोठामै…
अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपुर्तिका लागि तत्काल बैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड १९ संक्रमितको संख्या बढे संगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका आईसियु र भेन्टिलेटर संञ्चालनमा समस्या भएको समाचार आईरहदा अक्सिजन उत्पादकहरुले भविष्यमा अझै ठूलो समस्या आईपर्ने चेतावनी…
वैकल्पिक सरकार गठनको तयारीसँगै संसद्को निर्णायक खेलाडी जनता समाजवादी पार्टीभित्र कलह चर्किएको छ। उपेन्द्र यादव र बाबुराम भट्टराई विपक्षी गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउने अभियानमा लागेका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो यसमा सहमत छैनन्। प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नपाएपछि वैकल्पिक सरकार बनाउने योजनामा उपेन्द्रको सक्रियता पार्टी…
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तिर उभिने निचोड निकालेका छन् । गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेका हुन् । ‘यदी उहाँ (खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा…
नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएपछि तत्कालका लागि राजीनामा नदिने निर्णय भएको हो । राजीनामाको विषयमा असन्तुष्टि जनाउँदै दुई सांसदले बैठक बहिस्कार समेत गरेका थिए । तर आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले…
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले दिएको जानकारीअनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ। एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको थियो भने कक्षा १२ को परीक्षा…
एमाले नेता माधव नेपालले पार्टी एकताका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग छ बुँदे अन्तिम पत्र पठाएका छन्। विभाजन रोक्न अन्तिम कसरत चलिरहेका बेला आइतबार राति नेपालले ओलीलाई यस्तो पत्र पठाएका हुन्। यी सर्तहरू पुरा गर्न सोमबार बिहान नौ बजेसम्मको अल्लटिमेटम दिइएको छ। नेपालले आफ्नो पत्रमा सर्वोच्चको फागुन २३ को…
![]()