Thursday 18th June 2026

प्रदर्शनपछि इजरायलको लोड सहरमा आपत्काल घोषणा


तितोपाटी- जेरुसेलम प्रदर्शनले हिंसात्मक रुप दिएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलको लोड सहरमा आपत्काल घोषणा गरेका छन् ।

अरब समुदायका एक इजरायलीको अन्त्येष्टिपछि सुरु भएको प्रदर्शन हिंसात्मक अवस्थामा पुगेपछि स्थानीय समयानुसार मंगलबार राति आपत्काल घोषणा गरिएको हो । ती इजरायलीको केही दिनअघि भएको ‘झडप’मा मृत्यु भएको थियो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका र जवाफमा प्रहरीले बल प्रयोग गरेपछि स्थिति असामान्य बनेको बताइएको छ । यहुदीहरुले अरबीले चलाएको कारमा तोडाफोड गरेका समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रदर्शनकारीले प्रार्थनास्थल र पसलहरुमा आगजनी गरेका छन् ।
इजरायली सेनाले प्यालेस्टाइनमा गरेको आक्रमणप्रति इजरायलमा बसोबास गर्ने अरबी समुदाय असन्तुष्ट छ । यसैको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि आपत्कालीन अवस्था घोषणा गरिएको जनाइएको छ ।
सन् १९६६ पछि इजरायलले अरब समुदायको बसोबास रहेको क्षेत्रमा आपत्काल घोषणा गरेको यो पहिलोपटक हो । इजरायली प्रधानमन्त्री नेतान्याहूले आवश्यक परे कर्फ्यु लगाउने बताएका छन् । पूर्वी जेरुसेलम र वेस्ट ब्यांकसहित अरबीहरुको बसोबास रहेका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको बताइएको छ ।
गएको सोमबार जेरुसेलमस्थित मस्जिदमा इजरायली प्रहरीले बल प्रयोग गरी सयौँ प्यालेस्टिनीलाई घाइते बनाएपछि विद्रोही समूह हमासले जेरुसेलममा रकेट आक्रमण गरेको थियो । लगत्तै त्यसको प्रतिउत्तरमा इजरायलले मंगलबार हमासको नियन्त्रणमा रहेको गाजा क्षेत्रमा हवाई हमला गरेपछि हमासले पुनः इजरायली सहर तेल अविवमा मिसाइल प्रहार गरेको बताइएको छ । मुस्लिम र यहुदी दुवै धर्मावलम्बीहरुको आस्थाको केन्द्रका रुपमा रहेको जेरुसेलममा इजरायली प्रहरीले प्यालेस्टिनीहरुमाथि बल प्रयोग गरेपछि अवस्था थप तनावपूर्ण बनेको हो ।

पछिल्ला केही दिनयता इजरायली सुरक्षाकर्मीसँग जारी ‘झडप’मा ७०० भन्दा बढी प्यालेस्टेनी घाइते भएका प्यालेस्टाइनको रेडक्रसले जनाएको छ । दुवै पक्षको आक्रमणमा परी हालसम्म कम्तीमा ४० जनाको मृत्यु भएको जनाइएको छ । जारी संघर्ष रोक्न इजरायल र प्यालेस्टाइन दुवैलाई विश्व समुदायले आग्रह गरेका छन् । अमेरिका, बेलायत र युरोपेली संघलगायतले ती दुई देशलाई संघर्ष रोकेर शान्ति कायम राख्न अपिल गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...