Friday 19th April 2024

प्रदर्शनपछि इजरायलको लोड सहरमा आपत्काल घोषणा


तितोपाटी- जेरुसेलम प्रदर्शनले हिंसात्मक रुप दिएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलको लोड सहरमा आपत्काल घोषणा गरेका छन् ।

अरब समुदायका एक इजरायलीको अन्त्येष्टिपछि सुरु भएको प्रदर्शन हिंसात्मक अवस्थामा पुगेपछि स्थानीय समयानुसार मंगलबार राति आपत्काल घोषणा गरिएको हो । ती इजरायलीको केही दिनअघि भएको ‘झडप’मा मृत्यु भएको थियो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका र जवाफमा प्रहरीले बल प्रयोग गरेपछि स्थिति असामान्य बनेको बताइएको छ । यहुदीहरुले अरबीले चलाएको कारमा तोडाफोड गरेका समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रदर्शनकारीले प्रार्थनास्थल र पसलहरुमा आगजनी गरेका छन् ।
इजरायली सेनाले प्यालेस्टाइनमा गरेको आक्रमणप्रति इजरायलमा बसोबास गर्ने अरबी समुदाय असन्तुष्ट छ । यसैको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि आपत्कालीन अवस्था घोषणा गरिएको जनाइएको छ ।
सन् १९६६ पछि इजरायलले अरब समुदायको बसोबास रहेको क्षेत्रमा आपत्काल घोषणा गरेको यो पहिलोपटक हो । इजरायली प्रधानमन्त्री नेतान्याहूले आवश्यक परे कर्फ्यु लगाउने बताएका छन् । पूर्वी जेरुसेलम र वेस्ट ब्यांकसहित अरबीहरुको बसोबास रहेका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको बताइएको छ ।
गएको सोमबार जेरुसेलमस्थित मस्जिदमा इजरायली प्रहरीले बल प्रयोग गरी सयौँ प्यालेस्टिनीलाई घाइते बनाएपछि विद्रोही समूह हमासले जेरुसेलममा रकेट आक्रमण गरेको थियो । लगत्तै त्यसको प्रतिउत्तरमा इजरायलले मंगलबार हमासको नियन्त्रणमा रहेको गाजा क्षेत्रमा हवाई हमला गरेपछि हमासले पुनः इजरायली सहर तेल अविवमा मिसाइल प्रहार गरेको बताइएको छ । मुस्लिम र यहुदी दुवै धर्मावलम्बीहरुको आस्थाको केन्द्रका रुपमा रहेको जेरुसेलममा इजरायली प्रहरीले प्यालेस्टिनीहरुमाथि बल प्रयोग गरेपछि अवस्था थप तनावपूर्ण बनेको हो ।

पछिल्ला केही दिनयता इजरायली सुरक्षाकर्मीसँग जारी ‘झडप’मा ७०० भन्दा बढी प्यालेस्टेनी घाइते भएका प्यालेस्टाइनको रेडक्रसले जनाएको छ । दुवै पक्षको आक्रमणमा परी हालसम्म कम्तीमा ४० जनाको मृत्यु भएको जनाइएको छ । जारी संघर्ष रोक्न इजरायल र प्यालेस्टाइन दुवैलाई विश्व समुदायले आग्रह गरेका छन् । अमेरिका, बेलायत र युरोपेली संघलगायतले ती दुई देशलाई संघर्ष रोकेर शान्ति कायम राख्न अपिल गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...