तितोपाटी - संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका हुन्। गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ। त्यसयता कायममुकायम प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व गर्दै…
तितोपाटी - तीन वर्षअघि बुवा, आमा र दाइलाई झुक्याएर प्रेमीसँग भाग्दा दैलेखकी निता अधिकारी (नाम परिवर्तन)सँग अनगिन्ति सपनाका पोका थिए । तर तीनै प्रेमीले बेहुली बनाएर छोरो पनि जन्माएपछि झुक्याएर बैंगलोरका व्यापारीलाई पशुसरी बेचिदिए । आफ्नै पतिबाट नाबालक छोरासहित बैंगलोरमा २ लाख २० हजारमा बेचिएकी सीता अनेक जुक्ति लगाएर भाग्न सफल…
तितोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधान संशोधनको तयारी थालेको छ । यसका लागि ने क पा का शीर्ष नेता आफैले संवाद अगाडि बढाएका छन् । सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग बमोजिम सरकारले संशोधनको तयारीमा जुटेको बालुवाटार स्रोतले जनाएको छ । राजपा नेपाल…
काष्ठमण्डप व्यापार समाजले एक हप्ताभित्र सिंहसत्ल मन्दिरमा रहेका १५ वटा पसलहरु हस्तान्तरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर प्राप्त गरेको पसलहरु आफूहरुले एक महिनादेखि नपाएको उनीहरुको गुनासो छ । संस्थाका संरक्षक…
यातायात क्षेत्रमा सिण्डिकेट अन्त्यसँगै विभिन्न रुटमा यातायात सेवा विस्तार हुँदै गर्दा ललितपुरको लामाटारबाट काठमाडौंको बुढानिलकण्ठसम्म बस सेवा संचालनमा आएको छ । ‘हामी सबैको यातायात’ ले बस संचालनमा ल्याएको हो । सोमबार ललितपुरको लामाटारस्थित पाटीचौरमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक बिनोद सिलवाल, महालक्ष्मी नगरपालिका…
तितोपाटी - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारमा सहभागी हुने तयारी गरेको छ। केपी शर्मा ओली नेतृत्वको बहुमत सरकारमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सहभागी भएसँगै राजपाले पनि तयारी थालेको हो। राजपाका महासचिव केशव झाले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने जानकारी दिए। ‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद…
तिताेपाटी डट कम –आफैंले चलाएको ट्याक्सीमा चढ्ने यात्रुको सुन चोरी गरेर भाग्ने तीनजना ट्याक्सी ड्राइभर (चालक) सहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ट्याक्सी चालकहरु शुक्रबीर तामाङ, विजेश तामाङ, चिनलाल तामाङ र सुन ब्यापारी लिलानाथ विश्वकर्मा रहेका छन् । वैशाख १९ गते लैनचौरबाट काँडाघारी जाँदै गरेकी सर्मिला उप्रेतिको सुनको…
तितोपाटी - काठमाडौंको शंखमुलस्थित यूएन पार्क ललितपुरका गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए । घटनास्थलबाट प्रहरीले एउटा पस्तोल र दुई राउण्ड गोली…
काठमाडौं -सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जनाले सहभागी भएका छन् । ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांकअनुसार फारम भरेका ७ हजार ३ सय ९८ जना परक्षमा अनुपस्थित रहे । कुल ८२ हजार २ ६४ जनाले परीक्षाका लागि आवेदन भरेका थिए । यो…
तितोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भए पनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ को सरकारको नेतृत्व वा सरकारमा नहुने…