Thursday 1st October 2026

एउटा पीडित चेलीको जीवनको यथार्थता


सारदा भुसाल झा – चेलीबेटी माथी हुने बलात्कारकाे पिडा मैले नबुझे कसले बुझ्न सक्ला र ! के गर्ने  मर्न मात्र सकिएन । हात पछाडि बाँधिदिएर खुट्टा बाँधिदिएर मुखमा टालाे काेचारेर बलात्कार गरेकाे त्याे कालाे रात म जम्मा १३ वर्षकाे उमर पुगेकी मेराे पीडा मेराे राेदन मेराे छटपटाहट बुझिदिने काेही थिएन । बन्द काेठामा थुनेर महिनाैसम्म बलात्कारकाे शिकार पछि डाँकाे छाेडेर रूँदा अरूले रातीमा रूँदा डिस्टर्व भाे तिम्राे छाेरी पागल छ भने वेहाेशीकाे सुइ लगाइ राख भन्थे तर मेराे उद्दार गर्ने काेहि थिएन ।

त्यति बेला चिलाउने राेग सरेकाे अहिले सम्म निकाे भएकाे छैन । त्यस बेला डाक्टरले पुलिस केस हाे भन्दा पुलिस केस गरिदिने काेही थिएन । पुरा शरीर टाेकेर हरियाे भएकाे थियाे अाेंठहरू रस निचाेरेका सुन्तलाका केसरा जस्ता भएका थिए । रूँदा रूँदा अाँखा भित्र गडेका थिए । हर दम नशामा राखेर बलात्कार गरेका ति दिन मैले काठमाडाैमा ७ महिना याैनपिपासुकाे काेठीमा विताएर भागेर घर जाँदा अामाले जा गएर मर वा घर छाेडेर निस्कि भनि दिएकाे अादेश …………

दैनिक रूपमा बलात्कारकाे शिकार भइ हत्या भएका कलिला बालबालिकाहरूकाे हृदयविदारक मृत्युले मलाइ निन्द्रा लाग्न सकेकाे छैन । म यस विषयमा माैन छु किनभने फाँसीकाे सजाय भयाे भने पनि भाेली फेरी लाखाै कराेडाै तिरेर फुत्कन सफल हुनेछन् कि भन्ने अाशंका छ ।

त्यस पछिका दिनमा पटक पटक बलात्कारका घटना सुन्दा, देख्दा अाँखा भरिएर अाउने गर्दथ्याे तर अाज दिनहुँ जसाे दिदिीबहिनी कलिला बालबालिका लुटिइरहेका छन् जस्ले मलाइ मेराे अन्तर्मनलाइ धिक्कारी रहेकाे छ । मेरो मनले बलात्कारीहरूलार्इ सजाय हुने कानून नेपालमा खाेइ ? भनि रहेकाे छ । यस्तै भयाे भने कडा कानूनी कारवाहीकाे लागी मैले कुनै पाइला चाल्नु पर्छ जस्ताे लागि रहेकाे छ । दिनदिनै बलात्कारकाे शिकार भइ हत्या भएका कलिला बालबालिकाकाे हृदयविदारक मृत्युले मलाइ निन्द्रा लाग्न सकेकाे छैन । म यस विषयमा माैन छु किन भने फाँसीकाे सजाय भयाे भने पनि भाेली फेरी लाखाै कराेडाै तिरेर फुत्कन सफल हुनेछन् कि भन्ने अाशंका छ ।

देशका अभिभावक देश लुट्न र माेज मस्तीमै पल्केका छन् । यस्ताे अवस्थामा डाक्टरले बलात्कारकाे केस भनेर सावित गर्ना साथ प्रहरीकाे फन्दामा परिसके पछि तुरून्त कारवाही नहुने हाे भने बलात्कारी खुलेअाम मात्र हाेइन राज्यकाे उच्च अहाेदामा पुगेर अासिन हुने हाे कि भन्ने शंका छ किनभने मलाइ बलात्कार गर्ने मानिस देशकाे शिक्षा मन्त्री बनेकाे मैले भुलेकी छैन ।

 तै पनि विचार त गर्नै पर्छ कुनै निर्णय मैले लिनै पर्छ तर के ?
के गर्दा ठिक हाेला ? साथीहरूकाे राय सल्लाह र सुझाब पाए अाभारी हुनेथिएँ, धन्यवाद ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...