Sunday 8th June 2025
नेपालको समाचार
Image

तितोपाटी - मानवतस्कर र दलालहरूले नेपाल हुँदै भारत, बाङ्ग्लादेश र श्रीलङ्काका महिलाहरूलाई तेस्रो मुलुक लग्ने गरेको हुनसक्ने अधिकारीहरूले बताएका छन्। नेपाललाई अन्तर्राष्ट्रिय आपराधिक गिरोहले अपराधको ट्रान्जिट बनाउने गरेको प्रहरीको एक अध्ययनले देखाएको छ ।  तर आकर्षक रोजगारीको प्रलोभनमा विदेश हिँडेका दक्षिण एशियाली महिलाहरूको तस्करी भएको प्रमाण जुटाएर कारबाही गर्न भने गाह्रो देखिएको…

Image

तितोपाटी - एक वर्षअघि काठमाण्डूमा हत्या गरिएकी १० वर्षीया अमृता नेपालीको शव अहिले पनि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसको फोरेन्सिक मेडिकल विभागस्थित शव परीक्षण गृहमा राखिएको छ। काठमाण्डू जिल्ला अदालतले गत जेठमा आरोपीलाई अमृताको बलात्कार र हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाइसकेको छ। तर फैसलाको पूर्ण पाठ नहेरी…

Image

तितोपाटी- बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । कानुन मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै कानुनमन्त्री तामाङले राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलनमा भावुक हुँदै आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको तामाङले बताउनुभयो ।…

Image

तितोपाटी- वैदेशिक रोजगार नेपालको सन्दर्भमा कुनै नौलो शब्द होइन । २०४२ सालमा पहिलोपटक वैदेशिक रोजगार ऐन जारी भएपछि यो शब्द (वैदेशिक रोजगार) नीतिगत तथा संस्थागतरूपमा स्थापित भएको थियो । यस आधारलाई टेकेर कुरा गर्दा नेपालीहरू कामको खोजीमा देशबाहिर जान थालेको तीन दशक भन्दा लामो समय भइसकेको छ। नेपालको संविधान, २०७२…

Image

तितोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि…

Image

बालकृष्ण घिमिरे - काभ्रेको बनेपा चारदोबाटोमा टिपरको ठक्कर बाट खनालथोक ४ नमोबुद्ध नपाका बाईक चालक जीत बहादुर तामाङको मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार चारदोवाटो सालीक अगाडि एउटै दिशा बाट आएको बाईकलाई टिपरले ठक्कर दिदा बाईक पल्टिएको र बाईक चालक उठेर आफ्नो कपडामा लागेको धुलो झार्दै टिपर चालकलाई पख् भन्दा टिपरको…

Image

तितोपाटी - नयाँ सरकार बनेपछि वैदेशिक रोजगारीमा हुने ठगीमा कमी आउने विश्वास धेरैलाई थियो तर गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका नाममा भएको ठगीको दर झनै डरलाग्दो तवरले बढेको देखिन्छ । नयाँ सरकार बनेपनि न्यायको आशामा पछिल्ला महिनाहरुमा पनि ठगीको उजुरीमा ब्यापकता आयो । लाखौं रुपैयाा ठगिएका युवालाई थमाइएको नाम मात्रैको…

Image

तितोपाटी - अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका आवासीय चिकित्सकहरुले सोमबारदेखि आकस्मिक तथा आईसीयु बाहेकका सबै सेवा बहिष्कार गरेका छन् । साथै सोमबार नै उनीहरुले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को डीन कार्यालय अगाडि प्रर्दशन गरेका छन् । आमरण अनसन बसेको २४ दिन हुँदासमेत डा.केसीको माग पूरा…

Image

तितोपाटी - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली कम्युनिष्ट पार्टीमा सहभागी हुन पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आहृवान गरेका छन् । विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन बाँकी रहेका सबै पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकतामा आउन उनले आग्रह गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल…

Image

भगवान शिवको प्रिय महिनाको रुपमा लिइने साउन, त्यसमा पनि प्रिय दिन सोमबार । देशभरका शिव मन्दिरमा यो साउनको पहिलो सोमबार, आज दर्शनार्थीको घुइँचो छ । पशुपतिनाथसहितका मन्दिरमा दर्शनार्थी लाइनमा बसेका छन् । बसन्तरपुमा पनि पशुपतिनाथको मन्दिर छ, जसलाई सानो पशुपतिनाथ मन्दिरका रुपमा चिनिन्छ । सोमबार बिहानैदेखि बसन्तपुरमा रहेको सानो पशुपतिनाथ…