Thursday 31st July 2025
नेपालको समाचार
Image

नारायण पोख्रेल -  एक महिना भित्र देशमा महिला युवती तथा बालिका गरि २३ जना बलात्कार र हत्याको शिकार भएका घटना सार्बजनिक भएका छन जुन कुराले हामी सबैलाई अत्यन्तै दुखि तुल्याएको छ । अझ यस निन्दनीय कार्यमा घरकै आफन्त बाबु ,दाजुभाई, छर छिमेकी, शिक्षा दिने शिक्षक हरु र शान्ति सुरक्षा दिन खटिएका…

Image

तितोपाटी - त्रिशूली नदीमा मंगलबार राति ट्रक खस्दा एक जनाको मृत्यु भएको छ, एक बेपत्ता भएका छन्  भने ३ जना घाइते भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्यु भएको हो । सोही ठाउँका २१…

Image

तितोपाटी - छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा बुटवलको एक बोर्डङ स्कुलका प्रिन्सीपल पक्राउ परेका छन् । बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल तोयाराम पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो । स्कुलको होस्टेलमा बस्ने कक्षा १० कि छात्रामाथि अभद्र ब्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राहरूलाई राती एक्लै…

Image

तितोपाटी - वैदेशिक रोजगारको सिलसिलामा दुबई गएका एक व्यक्तिले आफ्नी श्रीमतीसँग सम्बन्ध भएको आशंकामा युवकको हत्या गरेका छन् । ओखलढुंगाको मोलुङ–३ का सन्तोष कार्कीको चुप्पी प्रहार गरेर ५ भदौमा हत्या भएको हो । कार्कीको हत्यामा संलग्न भएको आरोपमा दाङको लालमटिया, भालुबाङका सञ्जिव थापा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरबाट…

Image

तीतोपाटी-लुम्बिनीमा दुई भीआईपीको भ्रमण हुने भएपछि रुपन्देहीको सीमामा सुरक्षा कडाई गरिएको छ । म्यानमार र श्रीलंकाका राष्ट्रपतिको भ्रमण नजिकिदै जाँदा लुम्बिनीमा उच्च सर्तकता (हाइ अर्लट) अपनाइएको हो । राष्ट्रपतिको सुरक्षार्थ चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका एक हजार २ सय सुरक्षाकर्मी लुम्बिनीमा परिचालन…

Image

तीतोपाटी- सांसद राजेन्द्र लिङ्देनले नेपाल वायु सेवा निगमकाे वाइडबडी खरिद गर्दा भएकाे अनियमितताकाे छानबिन गर्न सरकारसंग माग गरेका छन् । संघीय संसदमा अाज प्रधानमन्त्री अाेलीसमक्ष सांसद लिङदेनले प्रधानमन्त्रीकाे मुख्य मुद्धा भ्रष्ट्राचारकाे विषय भएकाे भन्दै नेपाल वायु सेवा निगमकाे कुरा उठाएकाे बताए । उनले भने, “वाइडबडि खरिदमा अत्यन्तै भ्रष्ट्राचार भएकाे कुरा…

Image

तितोपाटी - गोरखामा एक युवती आफुले जन्माएको नवजात शिशुको हत्या गरेर माटोमा पुरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । अन्तरजार्तिय विवाह गरेका कारण माइतीले धम्की दिएको हुंदा आफुले छोरीको हत्या गरेर माटोमा पुरेको भन्दै ति युवतीले प्रहरीमा बयान दिएकी छन् । गोरखा सिरानचोक गाउँपालिका २ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङले छोरी…

Image

तितोपाटी - सल्यानमा घरको दलिन भाँचिदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्वर ४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । मंगलबार राती ९ बजे घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका छ जना मध्ये पाँच जनाको…

Image

तितोपाटी - भारतले कोसी ब्यारेजभन्दा मुनि पाइलट च्यानल बनाएर पानी पश्चिमतर्फ फर्काइदिँदा पानी पसेर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका दुई वडा डुबानमा परेका छन् । वडा नं ८ र १२ को करिब एक सय २५ घर डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जानकारी दिएको छ । राति करिब नौ बजे पसेको पानीले…

Image

तितोपाटी - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाको आवागमन र सुरक्षालाई मध्यनजर राख्दै त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । आजैदेखि लागू हुने गरी यो अनुरोध गरिएको छ । विमानस्थलमा एक्लै जान सक्षम रहेका…