तितोपाटी-गुल्मीमा जीप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ भने अरू ८ जना घाइते भएका छन् । लु १ ज १९५७ नम्बरको जीप बिहीबार बिहान मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डीआईजी पिताम्बर अधिकारीले पुष्टि गरे…
तितोपाटी-सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर तीनघरेमा इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। नागेन्द्र चौधरीको गोल्ड इँटा उद्योगको खाल्डोमा डुबेर स्थानिय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। मंगलबार दिउँसोदेखि बेपत्ता…
तितोपाटी-डडेल्धुरा अमरगढी नगरपालिका–११ धनगाड नजिक रात्री बस दुर्घटना हुदाँ २६ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेेकाे छ। धनगढीबाट अछामका लागि छुटेको ना ४ ख ६८३६ नम्बरको बस केआइसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा राति करिब २ः३० बजे दुर्घटना मा परेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।…
तीतोपाटी- ३ असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ। तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए। उनी गृहमन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने…
तीतोपाटी-सरकारको अनुमतिमा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायतलगायत आईएनजीओले समाजकल्याण परिषद्बाट स्वीकृति लिई क्रिस्चियन धर्म…
तीतोपाटी-अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कस्थित चुत्रावेशीबाट प्युठानको बरौला गाउँतफ जाँदै गरेको यात्रु बाहक जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे भूमिकास्थान नगरपालिका-८ नुवाकोटको लात्तेबाँझको उकालोमा ब्रेक फेल भएपछि सडकबाट तल खस्दा दुर्घटना भएको थियो। दुर्घटना परी प्युठान ऐरावती…
तितोपाटी - भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस जीरो पोइन्ट भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा ४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने दर्जन बढी यात्रु घाइते भएका छन् । घटनास्थलमा उद्धारका लागि पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा ना६ख २७१३ नम्बरको बस ब्रेकफेल भएका कारण अनियन्त्रित भएर पल्टिएको हुन सक्ने अनुमान गरिएको छ ।…
तीतोपाटी- काठमाडौं महानगरले राजधानीमा चल्ने सार्वजनिक यातायातका गाडीहरू राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य गरेको छ । अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था लागू हुने जानकारी महानगरले दिएको छ । काठमाडौं महानगरले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी…
तीतोपाटी-सरकारले अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिने बाटो खुला गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेको भीड बढेको छ। दैनिक सैयौंको संख्यामा नागरिकता लिन जिप्रका पुग्ने गरेका छन्। भीड थामि नसक्नु भएपछि प्रशासनले आइतबारबाट नागरिकता वितरण गर्न ‘टोकन’ प्रणाली लागु गरेको छ। जन्मका आधारमा नागरिकता पाएकाको सन्तानले वंशजका आधारमा नागरिकता पाउन…
तीतोपाटी-सामाजीक संस्था नवजीवन परोपकार समाजको प्रथम साधारण सभा कार्यक्रममा ४० बढिले मृत्युपछि आफ्नो अङ्ग दानको घोषणा गरेका छन् । गत शुक्रवार सम्पन्न कार्यक्रमा उपस्थित भएका बिभिन्न संघ सस्था १०० ग्रुपका सदस्य तथा विभिन्न व्यक्तिहरुले आफ्नो मृत्यु भएपछि शरिरका बिभिन्न अङ्ग जस्तै छाला,आँखा, लगायतका दान गर्न मिल्ने अङ्ग दान गरेका हुन।…