Monday 7th September 2026

बुटवलमा टिप्परको ठक्करबाट पुष्पाको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अबरुद्द


तितोपाटी- बुटवलको जितगढीमा टिप्परको ठक्करबाट एक जनाको जनाको घटनास्थलमै मृत्यु भएको छ । टिपरको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा न १२ तामनगर बस्दै आएकी १९ वर्षीय पुस्पा भण्डारीको मृत्यु भएको नयाँगाउ प्रहरी चौकीले बुटवल अनलाईन लाइ जानकारी दिएको छ ।

दुर्घटनापछि आक्रोशित भीडले तामनगरमा सडक अबरुद्द गरेका छन् । सडक बन्द हुँदा सवारी साधनप्रभावित भएका छन् ठक्कर दिने चालकलाई कारवाहीको माग गर्दै स्थानीयवासी सडकमा उत्रिएका हुन् ।

पूर्वबाट पश्मिम जाँदै गरेको लु ४५ प ७२३४ नंम्वरको स्कुटरलाइ सोहि दिशा बाट आएको टिप्परले ठक्कर दिंदा उनको मृत्यु भएको हो । भण्डारी स्कुटरको पछाडी बसेकी थिइन् । स्कुटर चालक उनका बुवा घनश्याम भण्डारी घाइते भएका छन् ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

प्रतिकृयाहरू
...