Friday 3rd April 2026
नेपालको समाचार
Image

तितोपाटी- फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ क्वालिफायरको पहिलो खेल नेपालले बिहीबार (आज) विपक्षी टोली कुवेतसँग खेल्दैछ ।सोहि खेल मैदानमा सम्पूर्ण कुवेतमा कार्यरत नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुलाई समयमै उपस्थितका लागि अनुरोध गरिएको छ। नेपाली टोलीले बिहीबार स्थानीय समय अनुसार ७ बजेर ४५ मिनेटमा कुवेतविरुद्ध कुवेतको घरेलु मैदान…

Image

नेपाल वायुसेवा निगमले यात्रु नपाएपछि जापानको उडान कटौती गरेको छ। निगमले भदौ १२ गतेदेखि काठमाडौंबाट जापानको ओसाकामा सिधा उडान सुरु गरेको हो। निगमले हरेक बिहीबार, मंगलबार र शनिबार काठमाडौंबाट जापान उडान सुरु गरेको थियो। पहिलो दुईवटा दुईतर्फी उडानपछि नै निगमले हरेक बिहीबारको उडान कटौती गर्ने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख…

Image

चितवन- बुधबार बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए। सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए। जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झरे।…

Image

तितोपाटी- टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले जिल्ला अदालत चितवनको आदेश विरुद्ध उच्च अदालत हेटौंडामा दर्ता गराएको पुनरावेदन निवेदनमा कैफियत प्रतिबेदन माग्ने आदेश गरिएको छ। न्यायाधीश टेकराज नेपालको इजलाशले लामिछाने र युवराज कँडेलले मंगलवार दायर गरेको निवेदनमा पहिलो सुनुवाई गर्दै जिल्ला अदालत चितवनमा रहेको सम्पूर्ण विवरण मगाउने आदेश गरेको हो। लामिछानेले…

Image

तितोपाटी–डोटी जिल्लामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान आजबाट शुरु गरिएको छ । उक्त अभियान एक सातासम्म मनाइने भएको छ । जिल्लाका सरोकारवाला र स्थानीय नागरिककोे उपस्थितिमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले उक्त अभियानको आजबाट शुरुआत भएको जानकारी दिए। विशेषगरी महिला र बालबालिका बेचविखनविरुद्धमा उक्त अभियान बढी केन्द्रित हुने प्रमुख जिल्ला…

Image

तितोपाटी तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन्। काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानविन थालेको छ। प्रारम्भिक…

Image

तितोपाटी- सरकारले वैदेशिक रोजगार व्यवसायीलाई धरौटी बढाउन दिएको अन्तिम समय बुधबार (आज) सकिँदैछ । अन्तिम एक कार्य दिन बाँकी रहँदासम्म अधिकांश म्यानपावर व्यवसायी सरकारले भने अनुसार धरौटी बढाउन सफल भएका छन्। सरकारले धरौटी वृद्धि गर्न नसक्ने म्यानपावरलाई मर्जरमा जाने सुविधा दिएको छ। अधिकांशले वृद्धि गरेकोे धरौटी राखेका कारण संख्या खासै…

Image

तितोपाटी- अफगानिस्तानको राजधानी काबुलमा सोमबार राति भएको विस्फोटमा दुई जना नेपालीको मृत्यु भएको छ । सोमबार राति काबुलमा भएको विस्फोटमा १६ जना मारिएका थिए । काबुलस्थित ग्रीन भिलेज क्याम्पमा राति पौने १० बजे भएको बम विस्फोटमा अन्य १९ जना घाइते भएका छन् । विस्फोटमा ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको…

Image

तितोपाटी - पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्न उठिरहेको बेला संघीय संसद्को राष्ट्रिय सभामा पेस भएको मिडिया काउन्सिल विधेयकमा सत्ता पक्षका सांसदले पत्रकारिता गर्न प्रवेश परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दै नेकपाका १४ जना सांसदले पत्रकारलाई प्रवेश परीक्षाको व्यवस्था थप गर्न प्रस्ताव दर्ता…

Image

तितोपाटी-जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथामिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमान्यून संख्यामामात्र कामदारलैजाने देखिएको छ ।जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउने देखिएको छ । जापानले १४ वटा विभिन्न क्षेत्रबाट नेपालसहित ९ देशका…