Thursday 15th October 2026

साउदी हिँडेका दुई नेपाली युवती एकाएक ओमानबाट बेपत्ता


तितोपाटी तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन्।

काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानविन थालेको छ।

प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई मानव तस्करीमा संलग्न समूहले ओमनमै बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। मानव बेचबिखनको घटनामा यो नयाँ शैली देखिएको ब्युरोका निर्देशक एसएसपी ईश्वरबाबु कार्की बताउँछन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...