तितोपाटी- केन्द्रिकृत राज्य प्रणालीलाई विकेन्द्रीकरण गरिएपछि स्थानीयको घरदैलोमै राज्यको सेवा प्रदान गर्नुपर्ने दायित्व बोकेका स्थानीय तहका जनप्रतिनिधि सेवा प्रवाहभन्दा जथाभावी खर्चमा बढी केन्द्रित भएका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जथाभावी गर्ने खर्चका कारण स्थानीय जनता पनि निराश हुँदै गएका छन् । ‘गाउँ गाउँमा सिंहदबार’ भनेर चित्रित गर्न खोजिएका स्थानीय…
तितोपाटी- जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय…
तितोपाटी- सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरबाट जरिवाना समेत असुल्न थालेको छ । साउन र भदौ महिनामा वैदेशिक रोजगार विभागले श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगी गर्नेलाई सजाय गर्नुपर्ने कानुनी व्यवस्था भएकाले जरिवाना लिन सुरु गरेको बताए । विगतमा…
तितोपाटी- मुलुकमा भ्रष्टाचार बढेको भन्दै चौतर्फी विरोध र आक्रोश बढिरहेको बेला मालारानी गाउँपालिका अर्घाखाँचीसमेत अछुतो रहन सकेको छैन । यो गाउँपालिकामा नैतिक र आर्थिक भ्रष्टाचारले जरा गाडेको भन्ने स्थानीयको गुनासा प्राप्त भएपछि गत साउन ३१ गते ६ वटा बुँदामा केन्द्रित भई सूचना माग गरियो । धेरै नै अनुनय–विनय गरेपछि गत…
तितोपाटी - कुवेत स्थित थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघले पुर्वी नेपालको घनकुटा जिल्लाका एक बिरामीलाइ आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष दुर्गा चेम्जोङले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका हुन् । प्राप्त जानकारी अनुसार धनकुटा जिल्लाको मौना बुधुक गाउँ पालिका वार्ड नं ७ घर भइ लामो…
तोयानाथ उपेक्षित - घरेलु कामका लागि खाडी, मलेशिया लगायतका देशमा जान प्रतिबन्ध गरिएको करिब ३ बर्ष पछि त्यसलाई केही खुकुलो पारिएको छ । नयाँ कामदारलाई श्रम स्वीकृति नदिने तर विदेशमा कार्यरत पुराना घरेलु कामदारलाई एकपटकका लागि पुनः श्रम स्वीकृति दिने गरि सरकारले निश्चित मापदण्ड तोकेर आंशिक रुपमा बन्देज हटाईएको छ…
तितोपाटी - नेपाली राजदूतावास कुवेतले नेपाल छुट्टीमा गइ पुनः सोही रोजगारीमा आउन चाहने घरेलु कामदारको श्रम स्वीकृति नविकरणको लागि आवश्यक पर्ने कार्यरत देशको राजदूतावासको शिफारिश दिने भएको छ । नेपाली राजदूतावास कुवेतले आज ३१ भदाै अर्थात १७ सप्टेम्बर २०१९ को दिन एक सूचना जारी गरि घरविदामा जान चाहने घरेलु कामदारले…
तितोपाटी-जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले सोमबार राति भएको खेलमा कुवेतसँग १-१ गोलको बराबरी खेलेको हो । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपालका लागि दिपेश राईले गोल गरे । कुवेतका अब्दुलवाहब अलहिन्दीले एक गोल…
तितोपाटी-पुनः श्रम स्वीकृति लिएर विदेश जाने कामदारले पुनः स्वास्थ्य परीक्षण पास भएको प्रमाणपत्र बुझाउनु पर्ने भएको छ। यसअघि पुन: श्रम स्वीकृति विदेश जान स्वास्थ्य परीक्षण आवश्यक थिएन। विदेशबाट फर्किएर लामो समय बिदा बसेपछि पुनः वैदेशिक रोजगारीमा जान कामदारहरुले पुनः स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र पेस गर्नुपर्ने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण…
तितोपाटी-दक्षिण कोरियाको इन्छन विमानस्थलमा एक महिनादेखि अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन्। सुर्खेतको पञ्चपुरी नगरपालिका र कोरियाको पोछन नगरपालिकाबीच भएको सहमतिअनुसार त्यहाँ पुगेका नेपाली अलपत्र परेका थिए। गत अगष्ट १२ मा कलकत्ता विमानस्थलबाट कोरिया उडेका उनीहरु कोरिया प्रवेश गर्नु अगावै भिसा रद्द भएपछि इन्छन विमानस्थलमा अलपत्र परेका थिए।…
![]()