Sunday 4th October 2026

परराष्ट्रमन्त्री ज्ञवाली राष्ट्र सङ्घ महासभा बैठकमा सहभागी


तितोपाटी-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्र सङ्घको ७४औँ महासभा बैठकको ‘जनरल डिबेट’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन्।

त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो गुटरेसले द्वन्द्व समाधान र रोकथाम गर्दै बाँच्नका लागि विश्वलाई उपयुक्त स्थल बनाउन राष्ट्र सङ्घको महत्व र भूमिकाको चर्चा गरेका थिए। प्रतिरोधात्मक कूटनीति, दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सहयोग, अन्तर्राष्ट्रिय कानुनको परिपालना तथा मानवअधिकारको प्रवर्द्धनमा जोड दिँदै उनीहरुले बहुपक्षीयतावादलाई सुदृढ तुल्याउनुपर्ने बताए।

असोज १३ गतेसम्म चल्ने महासभामा १ सय ८८ देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख र सदस्य मुलुकका प्रतिनिधिमण्डलका प्रमुखहरु उच्चस्तरीय बैठकहरुमा सहभागी हुनेछन्। महासभामा मन्त्री ज्ञवालीले आगामी असोज १० गते सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि असोज १३ गते नेपालले महासभामा सम्बोधन गर्ने कार्यक्रम निर्धारण गरिएको थियो।

आजै मन्त्री ज्ञवाली दिगो विकासका लागि राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा पनि सहभागी भए। दिगो विकासका लक्ष्य हासिल गर्ने सन्दर्भमा हालसम्म भएका प्रगति, कार्यान्वयनको समीक्षा र चुनौतीबारे बैठकमा गहन छलफल भएको थियो। राष्ट्र-राष्ट्रबीच सहकार्य र साझेदारीको माध्यमबाट नै दिगो विकासका लक्ष्य हासिल गर्न सम्भव हुनेमा सबै सहभागीको मतैक्यता थियो।

गत भदौ ३१ गतेदेखि प्रारम्भ भएको ७४औँ महासभा बैठकको शीर्षक ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ रहेको छ। यसैबीच मन्त्री ज्ञवाली महासचिव गुटरेसले आयोजना गरेको राजकीय दिवाभोजमा सरिक भए भने संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी धर्मपत्नी मेलिना ट्रम्पले आयोजना गरेको स्वागत समारोहमा श्रीमती सरस्वती ज्ञवालीका साथ सहभगी भएका थिए। रासस/तस्बिर- परराष्ट मन्त्रालय


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...