Tuesday 14th May 2024

दशैंमा विदेशबाट नेपाल जादै हुनुहुन्छ ? यी सामानमा तिर्नु पर्दैन भन्सार


तितोपाटी-वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने क्रम शुरु भएको छ ।

दशैं नजिकैसँगै नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीबाट फर्किनेहरुको भीडभाड बढेको छ ।विमानस्थलमा विदेशीबाट फर्किने नेपालीको दैनिक चाप बढ्दो छ । यसरी चाडपर्व मनाउन स्वदेश फर्किने क्रममा अधिकांशले साथमा परिवार र आफ्नाका लागि सामान बोकेर आउने गरेको देखिन्छ ।

साथमा आफ्ना परिवार, आफन्त तथा साथीभाइका लागि भन्दै अधिकांशले विभिन्न सामान बोकेर विमानस्थालबाट बाहिरिँदै गरेको देखिन्छ ।यसरी सामान ल्याउँदा सरकारले वस्तु तथा संख्याका आधारमा भन्सार छुटसमेत दिँदै आएको छ ।कतिपयमा भने अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । तर, विदेशबाट फर्किंदा कतिपय समान भने ल्याउन नपाइने कानूनी प्रावधान पनि छ ।

भन्सार लाग्ने र छुट भएका समान तथा वस्तुका बारेमा विदेशबाटै जानकारी लिएर मात्र फर्कियो भने नेपालमा सास्ती ब्योहोर्नु नपर्ने अध्यागमन विभागले जनाएको छ ।यसका लागि अर्थ मन्त्रालयको ‘झिटिगुन्टा आदेश’ अनुसार मात्रै समान ल्याउँदा नेपालमा समस्या नहुने विभागले जानकारी दिएको छ ।विदेशबाट कुन सामान ल्याउन पाइने, कति ल्याउन पाइने, सामानको भन्सार शुल्क कति लाग्ने जस्ता विषयमा धेरै विदेशमा रहेका नेपाली अनविज्ञ छन् ।

जसका कारण धेरै विदेशबाट फर्किने विमानस्थल पुगेपछि समस्यामा पर्ने गरेको पाइन्छ ।विदेशबाट फर्किंदा यी विषयहरुमा जानकारी नै नलिई समान बोकेर आउदाँ कतिपय व्यक्ति विमानस्थलमा समस्यामा पर्ने गरेको छन् । जबरजस्ती धेरै सामान बोकेर ल्यायो भने बेकारमा झमेलमा परिन्छ ।

के ल्याउँदा भन्सार लाग्दैन ?

विदशेबाट फर्किने धेरैले टिभी, मोबाइल फोन, सुनचाँदीका गहना लगायतका सामग्री साथमा लिएर फर्किने गरेको पाइन्छ । यसरी सामान लिएर आएको विमानस्थलको आगमन कक्षमा देखिन्छ । तर, नेपाल ल्याउन पाइने सामान र भन्सार दरबारे विदेशबाट नेपाल आउँदा जानकारी राखेर मात्र लिएर आउँनुपर्ने पर्छ ।

नत्र सरकारले तोकेभन्दा धेरै सामान बोकेर आउँदा जफत हुनसक्छ । भने सरकारले तोकेभन्दा धेरै सामान बोकेर आउदाँ महँगो भन्सार पनि तिर्नुपर्ने हुन्छ ।वैदेशिक रोजगारीमा रहेका र विदेशमा अस्थायी बसोबास गर्दै आएका नेपालीहरुले दशैंमा स्वदेश फर्किंदा आफन्त तथा साथीभाइका लागि भन्दै महँगो ब्रान्डको रक्सी बोकेर आउने गरेका छन् ।

१ लिटरसम्म रक्सी मात्र ल्याउने सुविधा सरकारले दिएको छ । त्यो भन्दा बढी भन्सार रकम तिरे पनि ल्याउन पाइदैन । १ लिटरभन्दा धेरै रक्सी ल्याएमा भन्सार तिर्नुपर्छ । ल्यापटप, कम्प्युटर वा ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर र पेनड्राइभ १/१ थान ल्याउनेका हकमा सरकारले भन्सार छुट दिएको छ । बच्चा राख्ने ‘पेराम्बलेटर’ र ‘ट्राइसाइकल’ १/ १ वटा ल्याउँदा पनि भन्सारमा छुट दिएको छ ।

वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बसेर फर्किंदा ३२ इन्चसम्मको टिभी ल्याउन पाउने व्यवस्था छ । तर, रोजगारीका लागि नगएका व्यक्ति र एक वर्ष पुरा नभई फर्किएकाले भने छुट पाउँदैन । जसका कारण यस्ता व्यक्तिले बोकेर आएमा भन्सार तिर्नुपर्छ ।विदेशमा काम गरेर फर्किएकाहरुलाई दुई थानसम्म नयाँ मोबाइल ल्याउँदा भन्सार लाग्दैन । साथमा एउटा बोकेर आउन पाइन्छ । त्यो भन्दा बढी ल्याए बजार भाउअनुसार भन्सार लाग्छ ।

विभिन्न पेसा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था सरकारले गरेको छ ।डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, ‘स्टेथेस्कोप’, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु, संगीतकर्मीहरुले बाद्यबाधनका सामाग्रीहरु लगायतका सामान १/१ थान ल्याउन भन्सार तिर्नुपर्ने हुन्छ ।

निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौनालगायत घरायसी उपयोग तथा व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याएमा भन्सारमा छुट दिइएको छ । तर, ठूलो परिमाणमा भने बोकेर ल्याउन पाइदैन । ल्याएमा केजीका दरले भन्सार तिर्नुपर्छ । औषधी उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको साहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सारमा भने पुर्ण रुपमा छुट दिइएको छ ।

कुनै समानमा भने ४० प्रतिशतसम्म समदरमा भन्सार तिर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । म्युजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो, क्यासेट प्लेयर १/१ थान ल्याउन सकिन्छ । यस्ता समानमा समदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ । ३२ इन्चभन्दा माथिको टेलिभिजन ल्याएको खण्डमा भने इन्चअनुसार भन्सार लाग्ने व्यवस्था झिटिगुन्टामा छ । एकभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन नपाइने व्यवस्था सरकारको छ ।

यस्तै, ७ किलोग्रामसम्म खाद्यवस्तुमा पनि भन्सार छुट दिइएको छ । अर्थ मन्त्रालयका अनुसार यसबाहेक बढीमा १० किलोग्रामसम्म खाद्य सामग्री ल्याउन पाइन्छ । तर, यसमा सरकारले तोकिएको भन्सार शुल्क लिने गरेको छ।

१५ थान लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान पनि तोकिएको ४० प्रतिशत भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिने झिटिगुन्टामा व्यवस्था छ ।मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा भन्सार लाग्छ ।

व्यवसायिक पेसामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २/२ थानसम्म ४० प्रतिशत भन्सार तिरी ल्याउन पाउने व्यवस्था झिटिगुन्टामा छ ।चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म ल्याउँदा पनि समदरमा ४० प्रतिशत भन्सार तिर्नुपर्छ । पछिल्लो समय चुरोट ल्याउन पाइने व्यवस्था खारेज गर्ने पनि सरकारले तयारी थालेको छ ।

सुन–चाँदीका हकमा यस्तो व्यवस्था

सुनका गहना ल्याउँदा ५० ग्रामसम्मको भन्सार शुल्क तिर्नुपर्दैन।

५० देखि सय ग्रामसम्मको प्रति १० ग्रामको पाँच हजार दुई सय, ५० देखि एक सय ग्रामसम्मको प्रति १० ग्रामको ६ हजार दुई सय रुपैयाँ, एक सय ५० देखि दुई सय ग्रामसम्मको प्रति १० ग्राम सात हजार दुई सय तथा दुई सयदेखि दुई सय ५० ग्रामसम्मको प्रति १० ग्राम नौ हजार दुई सय रुपैयाँ भन्सार तिर्नुपर्छ।चाँदीका हकमा १ सय ग्राम चाँदी ल्याएमा भन्सार तिर्नुपदैन । अहिले नयाँ व्यवस्थाअनुसारको झिटीगुन्टा आदेश छैन । यसकारण यात्रुले गहनाका रुपमा लिएर र लगाएर आउने सुनका हकमा के हुने भन्ने अन्योल छ ।भन्सार विभागका अधिकारी भने आर्थिक विधेकयले सुन मात्रै भनेकाले अब गहना पनि भन्सार नतिरी ल्याउन नपाइने तर्क गरिरहेका छन् ।
यो समाचार आजको खबरहब मा रमेश भारतीले लेखेका छन्।


सम्बन्धित शीर्षकहरु

पुष्कर अथक रेग्मी - पालिका स्तरीय बालकथा प्रतियोगितामा अनिल प्रथम भयो । पुरस्कार र प्रमाणपत्र प्राप्त गरी आफ्नो र विद्यालयको…

तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित सेफ…

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष समेत रहेका यादवले…

प्रतिकृयाहरू
...