तितोपाटी - सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि जेठ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म पुर्याएको हो। मुलुकमा कोरोना संक्रमणका घटना बढ्दै गएपछि सरकारले पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको हो…
तितोपाटी - कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमितको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ। विराटनगरस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सामाजिक विकास मन्त्री जिवन घिमिरेले अस्पतालबाट बिदा गरेका हुन्। उदयपुरबाट उनीहरुसँग संक्रमित भेटिएपछि विराटनगर ल्याइएका अन्य ७ जनाको…
तितोपाटी - अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एकै घरका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा छोरी रहेका छन् भने अन्य दुइ जना बिरामी उपचाररत रहेका छन् । आइतबार मृत्यु भएकी रामकला महत्राकी ७ वर्षीया छोरी बिपा महत्राको उपचारको क्रममा सोमबार राती मृत्यु…
तितोपाटी - नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ। कोरोना संक्रमित मुलुकसहित सबैतिरबाट नेपालीलाई ल्याउनु पर्ने भएकाले सरकार क्वरेन्टाइनको ब्यवस्थापनमा जुटेको छ। हजारौंको संख्याका नेपालीले स्वदेश फर्कने इच्छा गरेकोले सबै प्रदेशमा ठूलो संख्यामा क्वारेन्टाइन ब्यवस्थापन गर्नु पर्ने देखिएको छ। कुवेतले करिब तीन हजार नेपालीलाई काठमाडौं…
तितोपाटी - लकडाउन उल्लंघन गर्दै सीमा वारपार गर्न खोज्ने ११ बंगाली मुसलमानलाई सोमबार घेराबन्दीमा पारी प्रहरीको जिम्मा लगाइएको छ । उनीहरूलाई दसगजा नजिकको मनरा सिसवा नगरपालिका–८ स्थित सहसराम र बथनाहाबीचको बगंैचामा लुकिबसेको अवस्थामा देखेपछि गाउँलेले सुरक्षाकर्मीलाई खबर गरेका थिए । वडाध्यक्ष बलिराम रायका अनुसार बिहान करिब ६ बजेतिर दसगजा आसपासका…
तितोपाटी - नेपालगञ्जमा थप सात जनालाई कोरोनाभाइरस संक्रमण भएको छ। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशित गरी सात जना संक्रमित थपिएको जनाएको हो। मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा उनीहरुलाई संक्रमण भएको देखिएको हो। नौ वर्षीया बालिकालाई पनि संक्रमण…
तोयानाथ उपेक्षित, यो जवाफले लाखौ नेपाली निराश छन । नेपाल सरकारको यो भाषा कसैलाई मन परेको छैन । जो समस्यामा छन, अप्ठयारामा छन, विचल्लीमा छन र घर फिर्न चाहान्छन तीनलाई स्वदेश फिर्न नदिने कुरा किमार्थ स्वीकार्य छैन । जो जहाँ छौ तिमीहरु त्यहि बस भन्नु को अर्थ के हो ?…
तितोपाटी - आइतबार नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो। आइतबार मात्र…
जयनारायण माझी थारू-अप्रिल महिनाको १ तारिक देखि कुवेत सरकारले अवैधानिक आप्रवासी कामदारहरुलाइक् घर फिर्तीको लागि एमनेस्टी ( आममाफी )को ब्यवस्था गरेको छ जसमा कुवेतमा रहेका बिभिन्न देशका नागरिक सरह अवैधानिक भइ बसेका आप्रवासी नेपाली नागरिकहरु पनि बिना रोकतोक नेपाल जाने प्रावधान दिएको हो । यस सुविधाको फाईदा उठाउनको लागि कुवेत…
तितोपाटी- सुदूरपश्चिममा चौंथो कोरोना संक्रमित महिला पनि कोरोनालाई जितेर घर फर्किएकी छिन्। कैलालीको लम्की चुहा नगरपालिका १ कि ५० वर्षीय पाना बिक आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्।लगातार दुईपटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। वीरगञ्जबाट आएर १२ दिन क्वारेन्टाइनमा बसेकी उनलाई २२ चैतमा…
![]()