Friday 11th September 2026

चौथो संक्रमित महिला कोरोनालाई जितेर घर फर्किइन


तितोपाटी- सुदूरपश्चिममा चौंथो कोरोना संक्रमित महिला पनि कोरोनालाई जितेर घर फर्किएकी छिन्। कैलालीको लम्की चुहा नगरपालिका १ कि ५० वर्षीय पाना बिक आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्।लगातार दुईपटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

वीरगञ्जबाट आएर १२ दिन क्वारेन्टाइनमा बसेकी उनलाई २२ चैतमा कोरोना पुष्टि भएको थियो। १७ चैतमा ३५ जनासहित वीरगञ्जदेखि बसबाट कैलालीको लम्कीस्थित् घर आइपुगेकी ती महिलाको रिपोर्ट पोजिटिभ देखिएपछि १ वैशाखमा सेती प्रादेशिक अस्पताल भर्ना भएकी थिइन्।

योसँगै सुदूरपश्चिम प्रदेशमा चारजना कोरोनालाई जितेर घर फर्किएका छन्। धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय अमृत शाही, लम्कीका २१ वर्षीय राज बिक र कञ्चनपुर बेदकोटका ४१ वर्षीय इन्द्र बिक यसअघि नै घर फर्किसकेका छन्। साभार नेपालपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...