Tuesday 13th October 2026

जंगली च्याउ खाँदा अर्घाखाँचीमा एकै घरका २ जनाको मृत्यु


तितोपाटी – अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एकै घरका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा छोरी रहेका छन् भने अन्य दुइ जना बिरामी उपचाररत रहेका छन् । आइतबार मृत्यु भएकी रामकला महत्राकी ७ वर्षीया छोरी बिपा महत्राको उपचारको क्रममा सोमबार राती मृत्यु भएको हो ।

जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जनामध्ये ३० वर्षीया रामकला महत्राको गत आइतबार उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मुत्यु भएको थियो भने छोरी बिपा महत्राको भैरहवा मेडिकल कलेजमा गएराती मृत्यु भएको मृतकका मामा हुमबहादुर रायमाझीले बताए । जंगली च्याउ खाँदा आमाछोरीको दुई दिनको अन्तरमा मृत्यु भएको छ ।

सासु लालसरी महत्रा र देउरानी लक्ष्मी महत्रा बिरामी छन् । दुवै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।

च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधी खरिद गरी सेवन गरेका थिए । समस्या झन् बढेपछि मात्र उनीहरु शनिबार अर्घाखाँची अस्पताल आएका थिए । समस्या जटिल देखिएपछि बुटवल रिफर गरिएकोमा दुई जनाको मृत्यु भएको छ भने दुई जनाको उपचार भइरहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...