Friday 11th September 2026

नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो


तितोपाटी – नेपालगञ्जमा थप सात जनालाई कोरोनाभाइरस संक्रमण भएको छ। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशित गरी सात जना संक्रमित थपिएको जनाएको हो। मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा उनीहरुलाई संक्रमण भएको देखिएको हो।

नौ वर्षीया बालिकालाई पनि संक्रमण भएको छ। संक्रमितमध्ये अन्य तीन महिला र तीन पुरुष छन्। बालिकाबाहेक ३२, ३४ र ५५ वर्षीया महिला तथा २२, ३० र ४० वर्षका पुरुष छन्।

सबै जनाको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार जारी छ। नेपालगन्जमा नै यसअघि फेला परेका १६ समेत संक्रमितको संख्या २३ पुगेको छ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...