Saturday 15th November 2025
नेपालको समाचार
Image

तितोपाटी- विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन्। चीनमा एक अर्व ५५ करोड २ लाख ६८ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ४४ करोड १९ लाख १२ हजार ३९५ डोज कोरोनाविरुद्ध…

Image

तितोपाटी- पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतको फैसलालाई नै सदर गरेको हो । पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका कारण महराले सभामुख पदबाट राजीनामा…

Image

तितोपाटी- कोरानाविरुद्धको खोप लगाउन सुरु भएसँगै विराटनगरका खोप केन्द्रमा सर्वसाधारणको थेगीनसक्नुको भिड लाग्ने गरेको छ । पहिलो र दोस्रो लहरको संक्रमणका बेला प्रदेश १ मै कोरोना महामारीको केन्द्र बनेको विराटनगरमा खोप लगाउन नगरवासीको तँछाड मछाड नै चलेको छ । चिनियाँ कम्पनीको भेरोसेल खोप लगाउन खोप केन्द्रहरूमा लाग्ने गरेको भिड व्यवस्थापन…

Image

तीतोपाटी डटकम-काठमाडौँ | विदेश जानेसँग खोप प्रमाणीकरणको नाममा सिभिल अस्पतालले धमाधम पैसा अशुलिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको निशुल्क प्रमाणीकरण लिन सक्ने निर्णय गरेको थियो । त्यसो त मन्त्रालयले जारी गरेको सूचनामा समेत खोप लगाएको प्रमाणीकरण निशुल्क हुने…

Image

तितोपाटी- इजरायलले नेपालबाट हजार जना कामदार माग गरेको छ । उसले नेपालवाट सुसुरे ‘केयरगिभर’को माग गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो । इजरायलले मागेको श्रमिकका लागि एक डेढ हप्ताभित्र विज्ञापन खुलाउने तयारी विभागको तयारी छ । इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाउने तयारी…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको सातौं राष्ट्रिय महाधिवेशन हिँजो २३ जुलाइ २०२१ शुक्रबारको दिन सम्पन्न भएको छ । कोभिड महामारीको कारण भाैतिक रूपमा महाधिवेशन आयोजना गर्न असम्भव भएपछि अनलाइन भर्चुअल माध्यमबाट सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनले सुजन केसिको नेतृत्वमा रहेको पुरानो कार्य समितिलाइ विघटन गरि राणाध्वज…

Image

तितोपाटी- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणीकरण पत्र दिने निर्णय गरेको छ। यसअघि राजधानीकै शुक्रराज सरुवा रोग अस्पतालबाट मात्र यो सेवा दिँदा भिड बढेपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा यो सुविधा…

Image

तितोपाटी- नेपालकी जुडो खेलाडी सोनिया भट्ट टोकियो ओलम्पिकमा पहिलो खेलमै पराजित भएकी छिन् । शनिबार भएको महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । राउण्ड अफ ३२ अन्तर्गतको पहिलो खेलमा १९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित…

Image

तितोपाटी- जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको…

Image

तीतोपाटी डटकम-काठमाण्डाै - सरकारले खोप कार्ड प्रमाणीकरणलाई व्यवस्थित बनाउने तयारी भइरहेको जनाएको छ।अहिले काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल अस्पतालबाट मात्रै खोप कार्डको प्रमाणीकरण हुँदै आएको छ । अब अरु अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिनुभयो ।…