तीतोपाटी डटकम-२५ साउन, जनकपुरधाम । धनुषामा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ ।अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २४ वर्षीय संजीव साहलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए । उनका अनुसार संजीवलाई एसिड बेच्ने नागेन्द्र साहलाई भने सफाइ दिइएको छ ।…
तीतोपाटी डटकम-२५ साउन, काठमाडौं । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले नेकपा एमाले ब्युँतिएसँगै केपी शर्मा ओलीलाई थप अधिकार दिने प्रयास गरेको संस्थापन पक्षले सोमबारको बैठकबाट विधान संशोधन गरी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव अघि सारेको छ । प्रस्तावित विधानअनुसार महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य चुनिनेछन् भने १२ पदाधिकारी केन्द्रीय कमिटीले मनोनित…
तीतोपाटी - शीत काव्य समाज नेपालले राष्ट्रिय शीतकाव्य प्रतियोगिता -२०७८ आयोजना गर्ने भएको छ । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा सुख शान्ति मिडियाको सहकार्यमा सो प्रतियोगिता आयोजना गर्न लागेको शीत काव्य समाज नेपालका उपाध्यक्ष नारायण कोइरालाले तीतोपाटी डट कम लाइ जानकारी दिएका हुन् । शीत काव्य प्रतियोगितामा अनलाइन…
तितोपाटी- बंगलादेशको खुलना जिल्लाको रुपसमा कयौँ मन्दिर र हिन्दू समुदायका मानिसहरुको पसलहरु तोडफोड गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेका छ । यो घटना शनिबार रुपसाको शियाली गाउँमा भएको थियो । हिन्दू समुदायका स्थानीयका अनुसार चार वटा मन्दिरमा तोडफोड गर्नुका साथै मुर्तिहरु भत्काइएको छ । यद्यपि, प्रहरीले कतिवटा मन्दिरमा क्षति…
तितोपाटी- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग…
तीतोपाटी - नेपाल सरकारले ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । गठबन्धनका शीर्ष नेताहरुले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’लाई अन्तिम रुप दिएपछि आज सार्वजनिक गरिएको हो । सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा कोभिड-१९ रोकथाम तथा नियन्त्रणको प्रतिकार्यलाइ उच्च प्राथमिकतामा राखिएको छ। सरकारले नेपालमै कोभिड–१९ को भ्याक्सिन उत्पादन गर्ने ल्याब…
तीतोपाटी - अमेरिकाबाट नेपाल आएर चर्चित रियालिटी शो "भ्वाइस अफ नेपालको सिजन–३ को प्रतिष्पर्धामा भिडेका किरण गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’ बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् । टीम दीपका…
तितोपाटी- राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्ड बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यही साउन ३१ गतेदेखि परीक्षा हुने तालिका थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
तितोपाटी- जापानले बनाएकाे कोरोनाविरुद्धको अष्ट्राजेनिका खोप शनिबार काठमाडौं आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चारणमा पाँच लाख १३ हजार ४२० डोज खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले जानकारी दिनुभयो । कतार एयरलाइन्सको जहाजबाट शनिबार विहान खोप लिएर काठमाडौं आइपुगेको…
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षहरुले तोकिएकै समयमा पार्टीको महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिएका छन् ।सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट बिहीबार पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको…
![]()