Saturday 19th September 2026

शीत काव्य समाज नेपालले राष्ट्रिय शीतकाव्य प्रतियोगिता -२०७८ आयोजना गर्ने


तीतोपाटी – शीत काव्य समाज नेपालले राष्ट्रिय शीतकाव्य प्रतियोगिता -२०७८ आयोजना गर्ने भएको छ । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा सुख शान्ति मिडियाको सहकार्यमा सो प्रतियोगिता आयोजना गर्न लागेको शीत काव्य समाज नेपालका उपाध्यक्ष नारायण कोइरालाले तीतोपाटी डट कम लाइ जानकारी दिएका हुन् । शीत काव्य प्रतियोगितामा अनलाइन मार्फत सहभागिता जनाउन पाइने छ ।

उक्त काव्य प्रतियोगिताको लागि प्रतियोगीहरूले आज साउन २५ गते भित्रमा १२ वटा शीत भएको लिखित काव्य पठाउनु पर्ने छ भने सो काव्यलाइ बाचन तथा भिडियो बनाएर साउन २८ गते भित्र पठाइसक्नु पर्ने आयोजक शीत काव्य समाज नेपालले जनाएको छ । शीत काव्य हरितालिका तीज केन्द्रीत हुनु पर्ने छ ।

प्रतियोगिताको लागि डा. शैलेन्दुप्रकाश नेपाल, पुष्कर अथक रेग्मी, सीता बिष्ट कार्की “सीविका“, कृष्णबहादुर के.सी. रहेको निर्णायक मण्डल तोकेको आयोजकले प्रतियोगी शीत रचना र भिडियो दामोदर ढकाल दीपकको मेसेन्जरमा मात्र बक्समा पठाउनु पर्ने जनाएको छ ।

दुइ चरणमा प्रतियोगिता समापन गर्न जनाएको आयोजकले पहिलो चरणमा लिखित र भिडियो को आधारमा प्रतियोगीहरू दोश्रो चरणमा प्रवेश गर्न पाउने छन् भने दोश्रो चरणमा लिखित तथा गायन/वाचन भिडियो पठाएपछि निर्णायकहरूले उत्कृष्ट ५ जना प्रतियोगीहरू छानी पाँच जना छानी प्रथम, दोस्रो , तेस्रो र सान्त्वना पुरस्कार सहित सम्मान पत्र प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
प्रतियोगीहरूले पठाएका भिडियोहरू Sukha Shanti TV बाट प्रसारण गरिने छ ।

कार्यक्रम सम्बन्धि नियमहरू
१, यहि २०७८साउन २५ गतेभित्र लिखित १२ वटा शीत पठाउनु पर्नेछ ।
२, यहि साउन २८ गतेभित्र पठाइएका लिखित १२ वटा शीतको वाचन वा गायन गरि भिडियो बनाएर पठाउनु पर्नेछ ।
३, ’शीत’को बिषय हरितालिका तीज केन्द्रित रहेको छ ।
उक्त लिखित र भिडियोको आधारमा प्रतियोगीहरूलाई निर्णायकज्यूहरूले छनोट गरी दोस्रो चरण प्रवेशको अनुमति दिनुहुनेछ ।

निर्णायक मण्डल
डा. शैलेन्दुप्रकाश नेपाल
पुष्कर अथक रेग्मी
सीता बिष्ट कार्की “सीविका“
कृष्णबहादुर के.सी.

नोटः दोस्रो चरणमा छानिएका प्रतियोगीहरूले पुनः शीत लिखित र गायन /वाचन भिडियो पठाएपछि निणर्ायकज्यूहरूले उत्कृष्ट पाँच जना छानी प्रथम, दोस्रो , तेस्रो र सान्त्वना पुरस्कार सहित सम्मान पत्र प्रदान गरिनेछ ।
प्रतियोगीहरूले पठाएका भिडियोहरू कगपजब कजबलतष् तख बाट प्रसारण गरिने छ ।

शीत रचना र भिडियो दामोदर ढकाल दीपकको मेसेन्जरमा मात्र बक्समा पठाउनु पर्नेछ ।
सम्पर्क ः ९८५७०७७३१६(पुष्कर अथक रेग्मी )
९८४३६७२३८७( दामोदर ढकाल )
धन्यवाद ।

दामोदर ढकाल दीपक
सचिव
शीत काव्य समाज नेपाल


सम्बन्धित शीर्षकहरु

अमेरिकाले युक्रेनलाई २.६८ अर्ब अमेरिकी डलर बराबरको हवाई रक्षा प्रणाली तथा सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको छ। प्रस्तावित सहयोगमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले ती सञ्चारमाध्यमले…

अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच ग्रिनल्याण्डको सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ग्रिनल्याण्डको सुरक्षामा…

प्रतिकृयाहरू
...