कुवेतको स्वतन्त्रता दिवस तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रम नेपाली दुतावास कुवेतले पनि सहभागिता जनाएको छ । कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारी सहित दुतावास कुवेतका प्रतिनिधिहरु नेपाली मौलिक संस्कृति झल्काउने पोशाक, नेपाली खाना, नेपाली घरेलु उत्पादनका सामग्रीहरू, निर्यातयोग्य वस्तुहरू, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्री सहितको स्टल राखेका थिए…
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको दशौं अन्तर्राष्ट्रीय महाधिवेशन आगामी मार्च २२ तारिक मंगलबारदेखि २५ तरिक शुक्रबारसम्म काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यति होटलमा हुने भएको छ । गैर आवासीय नेपली संघ अन्तर्राष्ट्रीय परिषदको कार्यकाल गत अक्टोबर २०२१ मै समाप्त भइ दशौ अन्तर्राष्ट्रीय महाधिवेशन हुनुपर्नेमा राष्ट्रीय समितिका अधिवेशन तथा…
तीतोपाटी । प्रकाश सपुतले 'पीर'को विवादित दृश्य हटाएका छन्। उनले विवादित दृश्यलाई सम्पादन गरेर 'पीर' गीत फेरि युट्युबमा राखेका छन्। एक सातामै करोड बढी भ्युज पुगेको पुरानो भिडियोलाई भने उनले युट्युबबाट हटाएका छन्। उनले कसैको दबाब र प्रभावमा नभएर सुभेच्छुक र स्रष्टाबाट आएको सल्लाह सुझावलाई मध्यनजर गर्दै उक्त दृश्य हटाएको…
संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ(किसान)ले मङ्गलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छ्न् । मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुठो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन…
संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधनमन्त्री डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच भेटवार्ता भएको छ । यूएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र यूएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको श्रम…
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जेठदेखि दैनिक एक उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार कुवेतको जजिरा एयरवेजले साताको सात उडान गर्ने गरी प्राधिकरणमा निवेदन दिएको छ ।‘२ जेठबाट उडान गर्ने गरी जजिराले निवेदन दिएसँगै नयाँ विमानस्थलबाट उडान हुने निश्चित भएको…
तीतोपाटी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतारको भ्रमणका लागि सोमवार त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल-युएई संयुक्त समितिको वैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरव इमिरेट्स पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई प्रस्थान गर्न लागेको हो…
कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकार, परराष्ट्र मन्त्रालयका Assistant Foreign Minister for Asia Affairs His Excellency Waleed Al-Khubaizi बीच आज स्थानीय परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा उहाँहरू बीच नेपाल र कुवेतबीचको द्विपक्षीय सम्बन्ध एवं आपसी हितसँग सम्बन्धित विषय विशेषतः उच्चस्तरीय भेटघाट, सहयोगात्मक सम्बन्धको…
तीतोपाटी डटकम । वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान गरिने उद्धार, राहत, क्षतिपुर्ति लगायत कल्याणकारी सेवाहरु अवदेखि अनलाइनबाटै हुने भएको छ । बैदेशिक रोजगार बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली कार्यविधि २०७८ स्वीकृत गरी कल्याणकारी सेवाहरु अनलाइनबाटै हुने व्यवस्था…
तीतोपाटी डटकम । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिव दुई बर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय…
![]()