Monday 21st September 2026

नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा गेल्जे शेर्पा निर्वाचित


नेपाल आदिवासी जनजाति महासंघको दसौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गेल्जे शेर्पा निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती चुनिएका छन् भने महासचिवमा दिवस राई निर्वाचित भएका छन् । त्यस्तै अधिवेशनले सात उपाध्यक्ष, एक उपमहासचिव, आठ सचिव, एक कोषाध्यक्ष र एक सह–कोषाध्यक्ष चयन गरेको छ ।

अध्यक्षमा जितेका शेर्पाले ४४ र पराजित भएका लामाले जम्मा ८ मतमात्रै ल्याएका छन्। एक मत भने बदर भएको थियो। महासचिवमा दिवस राई निर्वाचित भए। २१ सदस्यीय कार्यसमितिको अरू पदमा भने सर्वसम्मत भएको थियो।

नब  निर्वाचित कार्य समिति यस प्रकार रहेको छ 

अध्यक्ष– गेल्जे लामा (शेर्पा) निर्वाचित

वरिष्ठ उपाध्यक्ष– बुद्ध घर्ती

उपाध्यक्षहरु

युवराज जिरेल (खुल्ला)
ध्यानी उराँव (खुल्ला)
क्षेत्रबहादुर थकाली (खुल्ला)
गम्भीर सिं गुरुङ भोटे (खुल्ला)
लाक्पा शेर्पा (ढोक्या) (महिला)
लहरु जिमि (महिला)
श्रुति कुमाल (महिला)

महासचिव– दिवस राई

उपमहासचिव– रामकृष्ण लामा ब्लोन

सचिवहरु

मंगलराम दराइ (खुल्ला)
गोविन्द लामा ह्योल्मो (खुल्ला)
मोहन राजबंशी (खुल्ला)
विकास सुरेल (खुल्ला)
ममता मेचे (महिला)
छोर्गेल लामा (महिला)
यमुना छन्त्याल (महिला)
भद्रकुमारी बरामु (महिला)

कोषाध्यक्ष– विमल सारू मगर

सहकोषाध्यक्ष– रिदार नोसाङ भोटे

 


सम्बन्धित शीर्षकहरु

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा…

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

प्रतिकृयाहरू
...